सिरियामा हिंसा भडकिदाँ ९४० बढीको मृत्यु, स्थिति नियन्त्रणबाहिर

काठमाडौ। गत शनिवार देखी सिरियामा भडकिएको हिंसामा परी अहिलेसम्म ९४० जनाको मृत्यु भएको पुष्टी भएको छ।
सिरियाको ड्रुज बहुल स्वेडा क्षेत्रमा शनिबार देखी अचानक बढेको साम्प्रदायिक हिंसाको क्रममा करिब १ हजार जनाले ज्यान गुमाएका हुन् ।
सो क्षेत्रमा बिगत २ दिन देखी मेसिन गन र मोर्टारको गोलाबारीको आवाज तिब्र रूपमा सुनिएको थियो । इस्लामिक नेतृत्वको सरकारले धेरै दिनको हिंसा पछि युद्धविराम लागू गर्न असफल भएको जनाइएको छ ।
खासमा सो हिंसा ड्रुज समुदाय र बेदुइन जनजातिहरू बीचको झडपबाट सुरु भएको थियो। अन्तराष्ट्रिय सञ्चारमाध्यमका अनुसार अहिलेसम्म कति जना हताहत भइसकेका छन, त्यो अझै आधिकारिक रूपमा पुष्टि भने भइसकेको छैन। तर, सिरियाली सरकारले मुलुकको दक्षिणी क्षेत्रमा सुरक्षा बल तैनाथ गरेको भए पनि हिंसा भने अझै रोकिएको छैन् ।
तर, शनिबार राति सिरियाको गृह मन्त्रालयले मन्त्रालयले स्वेडा सहरमा झडप रोकिएको र बेदुइन आदिवासी लडाकुहरूलाई हटाएको दाबी गरे पनि त्यो झुटो भएको स्थानिय मिडियाले उल्लेख गरेका छन् ।
बेलायतस्थित सिरियन अब्जर्भेटरी फर ह्युमन राइट्सका अनुसार गत हप्ता देखी स्वीडा वरपरका जारी झडपमा कम्तिमा अहिलेसम्म ९४० जनाको मृत्यु भएको दावी गरेको छ ।
उसका अनुसार सो क्षेत्रमा सरकारले तनाव कम गर्न सेना पठाएपछि उनीहरूले ड्रुज लडाकुहरूसँग पनि झडप भएको थियो । ड्रुज र बेदुइन शनिबार फेरि आमने सामने पछि स्थिति नियन्त्रण भन्दा बाहिर गएको जनाइएको छ ।
















रक्षा क्षमता घटाउने बिषयमा अमेरिकासँग कुनै वार्ता हुँदैन : इरान
कांग्रेस सभापति थापाद्वारा पार्टी एकता र सङ्गठन सुदृढीकरणमा जोड
जापानमा सन् २०२५ मा बालबालिकाको आत्महत्या दर उच्च, कारण यस्ताे
आइसिसी एसिया क्षेत्रको सम्मेलन नेपालमा हुने
सुदूरपश्चिममा बालेनको मौन चुनावी अभियान
इन्डोनेसियामा पहिरोका कारण मृत्यु हुनेको सङ्ख्या ३४ पुग्यो, दर्जनौं अझै बेपत्ता
भदौ २३ को दिन मैले गोली चलाउने कुनै पनि आदेश दिएको छैन : केपी ओली
भ्रामक समाचार नलेख्न राष्ट्रिय प्रकृति संरक्षण कोषको आग्रह
पहाड र सहर बुझेँ, यसपटक मधेस बुझ्न सर्लाही आएँ : गगन थापा
पूर्वमन्त्री यादवसहित ८ नेता जसपा नेपालबाट निष्कासित
प्रतिक्रिया