सिरियामा हिंसा भडकिदाँ ९४० बढीको मृत्यु, स्थिति नियन्त्रणबाहिर

काठमाडौ। गत शनिवार देखी सिरियामा भडकिएको हिंसामा परी अहिलेसम्म ९४० जनाको मृत्यु भएको पुष्टी भएको छ।
सिरियाको ड्रुज बहुल स्वेडा क्षेत्रमा शनिबार देखी अचानक बढेको साम्प्रदायिक हिंसाको क्रममा करिब १ हजार जनाले ज्यान गुमाएका हुन् ।
सो क्षेत्रमा बिगत २ दिन देखी मेसिन गन र मोर्टारको गोलाबारीको आवाज तिब्र रूपमा सुनिएको थियो । इस्लामिक नेतृत्वको सरकारले धेरै दिनको हिंसा पछि युद्धविराम लागू गर्न असफल भएको जनाइएको छ ।
खासमा सो हिंसा ड्रुज समुदाय र बेदुइन जनजातिहरू बीचको झडपबाट सुरु भएको थियो। अन्तराष्ट्रिय सञ्चारमाध्यमका अनुसार अहिलेसम्म कति जना हताहत भइसकेका छन, त्यो अझै आधिकारिक रूपमा पुष्टि भने भइसकेको छैन। तर, सिरियाली सरकारले मुलुकको दक्षिणी क्षेत्रमा सुरक्षा बल तैनाथ गरेको भए पनि हिंसा भने अझै रोकिएको छैन् ।
तर, शनिबार राति सिरियाको गृह मन्त्रालयले मन्त्रालयले स्वेडा सहरमा झडप रोकिएको र बेदुइन आदिवासी लडाकुहरूलाई हटाएको दाबी गरे पनि त्यो झुटो भएको स्थानिय मिडियाले उल्लेख गरेका छन् ।
बेलायतस्थित सिरियन अब्जर्भेटरी फर ह्युमन राइट्सका अनुसार गत हप्ता देखी स्वीडा वरपरका जारी झडपमा कम्तिमा अहिलेसम्म ९४० जनाको मृत्यु भएको दावी गरेको छ ।
उसका अनुसार सो क्षेत्रमा सरकारले तनाव कम गर्न सेना पठाएपछि उनीहरूले ड्रुज लडाकुहरूसँग पनि झडप भएको थियो । ड्रुज र बेदुइन शनिबार फेरि आमने सामने पछि स्थिति नियन्त्रण भन्दा बाहिर गएको जनाइएको छ ।
















इरान वार्तामा फर्कने वा नफर्कने विषयमा मलाई कुनै मतलव छैन – ट्रम्प
वार्ता असफल भएसँगै विश्वबजारमा अत्याधिक बढ्न थाल्यो तेलको मुल्य
नयाँ वर्षका अवसरमा मस्कोमा सांस्कृतिक कार्यक्रम सम्पन्न
कालीगण्डकी जलविद्युत् आयोजना ६४० मेगावाटको हुने
यस्तो छ आजको विदेशी मुद्रा विनिमयदर
उपसभामुख ठाकुरले लिइन् शपथ
गौशालाबाट लागुऔषधसहित दुई जना पक्राउ
पार्टीमा एकता र अनुशासनको खाँचो छ : सभापति थापा
वैदेशिक रोजगार विभागका सुब्बा घुससहित समातिए
अमेरिका–इरानबीच लगातार १४ घण्टा वार्ता, के भयो सहमति ?
प्रतिक्रिया