एमाले बैठक : कोशीका केन्द्रीय सदस्यले धारणा राखे, अब बाग्मतीको सुरू

काठमाडौं। नेकपा एमालेको जारी नवौं बैठकमा केन्द्रीय सदस्यहरुले धारणा राख्ने क्रम जारी रहेको छ ।
आजको बैठकमा कोशी प्रदेशबाट प्रतिनिधित्व गर्ने १९ जना केन्द्रीय सदस्यहरुले आफ्नो धारणा राखिसकेका छन् ।
बैठकमा सहभागी एक् नेताका अनुसार केन्द्रीय सदस्यहरु किशोर अधिकारी, जीवन घिमिरे, राजेन्द्र राई, आशारत्न जवेगु, दिपक कार्की, रामलाल साह, युवराज बास्कोटाले आफ्ना भनाइहरु राखिसकेका छन् ।
यसैगरी इन्द्र भण्डारी, नैनकला ओझा, यज्ञराज सुनुवार, तुलसी नेउपाने, भगवती चौधरी, मञ्जु भण्डारी, राम राना, टंक आङ्बोहाङ र प्रदेश अध्यक्ष घनश्याम खतिवडाले आफ्ना धारणा राखेका हुन् ।
जारी बैठकमा केन्द्रीय सदस्य युवराज बाँस्कोटाले भूगोलको जिम्मेवारी लिएका कतिपय केन्द्रीय सदस्य लामो समय काठमाडौंमा बिताउने गरेको स्थानीय तहमा जनसम्पर्क कमजोर भएको बताए । उनले पार्टीलाई पठाएका जनप्रतिनिधी निजामतीका हाकिम जस्तो चरित्र बोक्न थालेकोले तिनीहरुको आचरण सुधारमा पार्टीले ठोस नीति लिन माग गरेका थिए । बाँस्कोटाले एमालेलाई राष्ट्रिय शक्ति बनाउने उद्घोष गरे पनि एकले अर्कोलाई निषेधको संस्कार पार्टीमा मौलाउदै गएकोले मिसन ०८४ मा समस्या ल्याउने तर्फ नेतृत्वले बेलैमा सचेत हुनुपर्ने उल्लेख गरे ।
अर्का केन्द्रीय सदस्य जीवन घिमिरेले राष्ट्रप्रमुख भइसकेको व्यक्ति राजनीतितिर फर्कनु गल्ती हुने बताए । उनले सम्माननीयले सम्मानित पोजिसन नै लिएर बस्नु उचित हुने सुझाव दिए ।
साथै, केन्द्रीय सदस्य मञ्जु भण्डारीले हिजोका दिनमा अध्यक्ष कमरेड र पूर्व राष्ट्रपति एक अर्काको सहयोगी भएरै राजनीति सफल पार्नु भएकोले आज पनि आपसी समझदारीमै विवादलाई टुंग्याउनु पर्ने धारणा राखेकी छिन् ।
अहिले बागमती प्रदेशका केन्द्रीय सदस्यले आफ्ना धारणा राख्ने क्रम सुरू भएको छ ।
हिजो देखि सुरु भएको केन्द्रीय कमिटी बैठकमा मधेस,गण्डकी र सम्पर्क समन्वयका केन्द्रीय सदस्यहरुले हिजै धारणा राखिसकेका छन् । बैठकमा मुख्यत पार्टी सचिवालय र पोलिटव्यूरोले पारित गरेको विधानका विषयमा छलफल भइरहेको छ ।
केन्द्रीय कमिटीले दिएका सुझावका आधारमा विधान संसोधन गरेर मातहतका कमिटीमा थप सुझावका लागि पठाउने तयारी छ ।
















अर्थ मन्त्रालयद्वारा अर्धवार्षिक समीक्षामार्फत सुधारका योजना सार्वजनिक
फागुन ३ देखि १७ गतेसम्म मतदाता शिक्षा कार्यक्रम सञ्चालन गरिने
महाशिवरात्रि पर्वलाई सभ्य र भव्य बनाउन यस्ताे छ तयारी
परराष्ट्र मन्त्री र अर्थमन्त्रीसँग कतारी प्रतिनिधि मण्डलको भेटवार्ता
अस्वाभाविक लक्ष्य, सञ्चित कोषको चाप र पूर्वतयारीविनाका आयोजनाका कारण खर्च अनुमान घट्यो : अर्थमन्त्री
इंग्ल्यान्डसँग नेपाल ४ रनले पराजित
थाइल्यान्डमा त्रिपक्षीय चुनावी प्रतिस्पर्धा
कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै
दुई ब्याटरको अर्धशतकमा इंग्ल्यान्डले नेपाललाई दियाे १८५ रनकाे लक्ष्य
फेरि तीन लाख नाघ्यो सुनको मूल्य
प्रतिक्रिया