श्रमिकको निर्धारण गरिएको ज्याला कार्यान्वयन गर्न माग

काठमाडौँ। नेपाल ट्रेड युनियन कांग्रेसले श्रमिकको वृद्धि भएको ज्याला चाँडो कार्यान्वयन गर्न सरकारसँग माग गरेको छ ।
युनियनका महासचिव अजयकुमार राईले आज विज्ञप्ती जारी गर्दै वृद्धि भएको पारिश्रमिकलाई आवश्यक कार्यविधि तर्जुमा गरी अविलम्ब कार्यान्वयनमा लैजान र त्रिपक्षीय संरचना बनाई अनुगमन गर्न माग गरेका हुन्। ट्रेड युनियन कांग्रेसले श्रम ऐन, २०७४ को प्रावधान अनुसार प्रत्येक २÷२ वर्षमा श्रमिकको न्यूनतम पारिश्रमिक वृद्धि गर्नुपर्ने व्यवस्था भएअनुरूप विधि तथा प्रक्रियाअनुरुप भएको यो निर्णयले श्रमिकको जीवनस्तरमा न्यूनतम राहत पुग्ने अपेक्षा गरेको छ ।
महँगीको चाप र जीवन धान्न आवश्यक न्यूनतम खर्च अहिले वृद्धि भएको पारिश्रमिक मागअनुरुप हुन नसके पनि पारिश्रमिक निर्धारणको न्यूनतम मापदण्डका आधारमा सरकार, रोजगारदाता र श्रमिक प्रतिनिधि सम्मिलित न्यूनतम पारिश्रमिक निर्धारण समितिमार्फत सर्वसम्मत निर्णय हुनु सकारात्मक कुरा भएको महासचिव राईले बताए ।
यसैगरी, नेपाल ट्रेड युनियन कांग्रेसले रसुवाको ल्हेन्दे खोलामा आएको बाढीले नेपाल–चीन मितेरी पुल बगाउँदा चिनियाँ भूमिमा अलपत्र परेका नेपालीको चाँडो उद्धार गर्न सरकारसँग आग्रह गरेको छ । युनियनले यातायात क्षेत्रका मजदुर, सवारीचालक, सहचालकलगायतका १६० भन्दा बढी नेपाली केरुङको तानसिङमा अलपत्र परेका र उनीहरुले हालसम्म उद्धार हुन नसक्नु दुःखद भएको जनाएको छ ।
यस्तै, उद्धारको पर्खाइमा रहेका श्रमिकले त्यहाँ बस्न गाह्रो भएको, बिरामी परेको, आवश्यक औषधि अभाव भएकाले अविलम्ब उद्धार गर्न गुहार गरेको विज्ञप्तिमा उल्लेख छ ।









दृष्टिविहीन महिला टि–२० विश्वकपको उपाधि भारतलाई, नेपाल ७ विकेटले पराजित
सुरक्षा निकायलाई आवश्यक सवारी साधन खरिद गर्न गृहले थाल्यो अन्तिम प्रक्रिया
स्वास्थ्यका लागि चिया कफी कत्तिको लाभदायक ?
मकवानपुरमा थपिए १४ हजार ६०३ नयाँ मतदाता
महेश बस्नेतमाथि रातो मसी छ्याप्नेलाई कडा कारबाही हुन्छ: नेविसंघ अध्यक्ष शेर्पा
एनपीएलमा लुम्बिनीको विजयी सुरुवात, बोपाराको अर्धशतकले जोगिएन चितवन
आज २०८२ साल मंसिर ५ गते शुक्रबारको राशिफल
निर्माणाधिन संसद भवन समयमै सम्पन्न गर्न सभामुख घिमिरेको निर्देशन
सुशीलाजी राणा शासनभन्दा कडा निस्किनु भाे : ओली
प्रसाईंलाई २४ घण्टाभित्र बन्दीसहित अदालतमा उपस्थित गराउन आदेश
प्रतिक्रिया