इजरायलकाे पछिल्लाे आक्रमणमा गाजामा १९ जना प्यालेस्टिनीको मृत्यु
मेरोन्यूज
२०८२ साउन ७ गते १७:४७

इजरायली सेनाले गाजा सहरमा एक परिवारको विरुद्धमा गाजापट्टीको अल बुरेज शरणार्थी शिविर र दक्षिणको राफाह सहरमा हवाई आक्रमण गर्दा १९ जना प्यालेस्टिनीहरूको मृत्यु हुनुका साथै दर्जनौं घाइते भएको जनाइएको छ ।
गाजा सहरको उत्तरपश्चिमी भागमा इजरायली लडाकु विमानले एउटा घरलाई निशाना बनाई आक्रमण गरेपछि छ जना बालबालिकासहित उनीहरुको मृत्यु भएको र अन्य घाइते भएको चिकित्सा स्रोतहरूले बताएका छन् ।
स्थानीय स्रोतले बताएअनुसार इजरायली लडाकु विमानले गाजा सहरको उत्तरपश्चिमस्थित आवासीय घरमा प्रहार गरेको बम घटनास्थलमा पुगेको एम्बुलेन्समा लागेपछि ठूलो सङ्ख्यामा मानिसहरुको आक्रमणको सिकार भएको जनाइएको छ ।
गाजा सहरको दक्षिणपूर्वी भागमा रहेको अल जायतुनमा रहेको सालाह अल दिन मस्जिद पछाडिको घरमा भएको अर्को हवाई आक्रमणबाट पनि मानिसहरू घाइते भएको जनाइएको छ ।
सम्बन्धित











बैंकिङ क्षेत्र सुधार सुझाव कार्यदलकाे प्रतिवेदनले के-के सिफारिस गर्याे ?
दक्षिण कोरियाको पहिलो व्यावसायिक अन्तरिक्ष यान प्रक्षेपण असफल
महोत्तरी-४ बाट पनि प्रचण्डको नाम उम्मेदवार सिफारिस
क्रियाशील सदस्यता वितरण सहजीकरणका लागि गगन थापाको चार बुँदे निर्देशन
रवीन्द्र मिश्र पर्सा-३ बाट पनि उम्मेदवार सिफारिस
किन फिर्ता बोलायो अमेरिकाले नेपालबाट राजदूतलाई ?
राष्ट्रियसभाका लागि दाङ ३ बाट कांग्रेसका कृष्णकुमार गिरी सिफारिस
यू-१९ एसिया कप : चिरप्रतिद्वन्द्धी भारतलाई हराउँदै पाकिस्तानले उचाल्यो उपाधि
जीवन विज्ञानद्वारा संयुक्त राष्ट्रसङ्घमा ध्यानसम्बन्धी कार्यक्रम प्रस्तुत
रबि लामिछानेले प्रधानमन्त्री कार्कीलाई भने- फागुन २१ को चुनाव सार्ने चलखेल निस्तेज पार्नुस्
प्रतिक्रिया