लक्षण भएका र कन्ट्याक्ट ट्रेसिङमा परेका सबैको पीसीआर नि.शुल्क
मेरोन्यूज
२०७८ वैशाख २७ गते ६:३१

काठमाडौं । सरकारले कोभिड १९ को लक्षण भएका र संक्रमितको सम्पर्कमा आएका ( कन्ट्याक्ट ट्रेसिङ ) मा परेका सबै व्यक्तिको पीसीआर परीक्षण सरकारी प्रयोगशालामा निशुल्क गर्ने निर्णय गरेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको इन्सिडेन्ट कमाण्ड सिस्टमको बैठकले अबदेखि देशभरका सरकारी प्रयोगशालामा लक्षण भएका र कन्ट्याक्ट ट्रेसिङमा परेकाहरु सबैको पीसीआर परीक्षण निशुल्क गर्ने निर्णय गरेको हो ।
मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले लक्षण भएका र कन्ट्याक्ट ट्रेसिङमा परेकाहरुको कोरोनाको पीसीआर परीक्षण नि.शुल्क हुने बताए ।
यसअघि सरकारी प्रयोगशालामा पीसीआर परीक्षणको एक हजार रुपैयाँ शुल्क लिइने गथ्यो । कतिपय स्थानीय निकायहरुले भने आफ्नै खर्चमा स्वाब संकलन गरी निशुल्क परीक्षण गराउँदै आएको थियो ।
सम्बन्धित

















टी–२० विश्वकप सेमिफाइनल : दक्षिण अफ्रिकाले न्युजिल्याण्डलाई दियो १७० रनको लक्ष्य
एकै दिन देशका १४ ठाउँमा भेटियो शंकास्पद वस्तु
गृहमन्त्री अर्यालद्वारा मतदानस्थल र प्रहरी मुख्यालयकाे निर्वाचन व्यवस्थापन केन्द्र निरीक्षण
६ मध्ये एउटा कागजातको सक्कलप्रतिले मतदान गर्न पाइने
निर्वाचन सामग्री बोकेको गाडी दुर्घटनामा मतदान अधिकृतको पनि मृत्यु
फाल्गुन १८ गते सोमबार, कस्तो रहला तपाईँको दिन ? हेर्नुहोस् आजकाे राशिफल
तेल प्रशोधन केन्द्रमा इरानले आक्रमण गरेपछि साउदी अरबले के भन्यो ?
अमेरिकासँगको वार्ता इरानद्वारा अस्वीकार
इरानी आक्रमणमा अमेरिकी एफ-१५ लडाकु जेट कुवेतमा खस्याे
प्रतिक्रिया