प्रधानमन्त्री ओलीले आज विश्वासको मत लिँदै
मेरोन्यूज
२०७८ वैशाख २७ गते ७:११

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आज प्रतिनिधि सभामा विश्वासको मत लिँदैछन् । आज दिउँसो १ बजे सुरु हुने प्रतिनिधि सभाको विशेष अधिवेशनमा प्रधानमन्त्री ओली विश्वासको मत लिँदैछन् ।
विश्वासको मत लिँदा ओलीको पक्षमा बहुमत सांसद उभिए प्रधानमन्त्रीमा निरन्तरता पाउँछन् । तर, उनको पक्षमा बहुमत सांसद उभिएनन भने प्रधानमन्त्री पदबाट राजीनामा दिनुपर्छ । यसपछि नयाँ सरकार गठनको प्रक्रिया सुरु हुन्छ । राष्ट्रपतिको कार्यालयले समयसीमा तोकेर संसदलाई नयाँ सरकार गठनका लागि आग्रह गर्ने छ ।
यता खनाल–नेपाल समूहले सोमबार बिहान ९ बजेसम्म १३ घण्टाको अल्टिमेटम दिएकाे छ। यदि त्यो समयमा पनि सहमति नभए खनाल–नेपाल समूहले सामूहिक राजीनामा दिने बताएको छ । मध्यराति नेपालले पार्टीको एकता कायम राख्न आग्रहसहितको पत्र ओलीलाइ पठाएका थिए ।
सम्बन्धित
















इलामको नयाँबजार आसपास केन्द्रविन्दु भएर भूकम्प
निर्वाचनमा ड्रोनको प्रयोगमा प्रतिबन्ध
सार्क क्षेत्रको जाइका अलमनाइ एसोसिएसनको अध्यक्षमा भुसाल निर्वाचित
टी–२० विश्वकप खेलमा स्कटल्यान्डमाथि वेस्ट इन्डिजको रोमाञ्चक जीत
सुनका गहना चोर्नेलाई नियन्त्रणमा लिन प्रहरीले चलायो गोली, ६५ तोला सुन बरामद
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर
८ सहकारी संस्थालाई घर खाली गर्न काठमाडौँ महानगरको अल्टिमेटम
नेपाल टेलिकमको २२औँ वार्षिकोत्सव सम्पन्न, विशेष प्याकेज र सुविधा घोषणा
आज २०८२ साल माघ २२ गते बिहीबारको राशिफल
प्रतिक्रिया