प्रधानमन्त्री ओलीले आज विश्वासको मत लिँदै
मेरोन्यूज
२०७८ वैशाख २७ गते ७:११

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आज प्रतिनिधि सभामा विश्वासको मत लिँदैछन् । आज दिउँसो १ बजे सुरु हुने प्रतिनिधि सभाको विशेष अधिवेशनमा प्रधानमन्त्री ओली विश्वासको मत लिँदैछन् ।
विश्वासको मत लिँदा ओलीको पक्षमा बहुमत सांसद उभिए प्रधानमन्त्रीमा निरन्तरता पाउँछन् । तर, उनको पक्षमा बहुमत सांसद उभिएनन भने प्रधानमन्त्री पदबाट राजीनामा दिनुपर्छ । यसपछि नयाँ सरकार गठनको प्रक्रिया सुरु हुन्छ । राष्ट्रपतिको कार्यालयले समयसीमा तोकेर संसदलाई नयाँ सरकार गठनका लागि आग्रह गर्ने छ ।
यता खनाल–नेपाल समूहले सोमबार बिहान ९ बजेसम्म १३ घण्टाको अल्टिमेटम दिएकाे छ। यदि त्यो समयमा पनि सहमति नभए खनाल–नेपाल समूहले सामूहिक राजीनामा दिने बताएको छ । मध्यराति नेपालले पार्टीको एकता कायम राख्न आग्रहसहितको पत्र ओलीलाइ पठाएका थिए ।
सम्बन्धित










दश हिमाल, सूर्योदय र सूर्यास्त नियाल्न नगरकोटमा पर्यटक
निजी क्षेत्रको सुरक्षा प्रत्याभूति सरकारले गर्छः अर्थमन्त्री खनाल
मक्काबाट मदिना जाँदै गरेकाे बस डिजेलको ट्याङ्करसँग ठोक्किँदा ४२ भारतीयको मृत्यु
यी हुन् सबैभन्दा बढी कर तिर्ने करदाता
प्रहरीको आग्रह : एनपीएलको पहिलो दिनको टिकट बिक्री भइसक्यो, बाहिर भीड नगरौँ
आज कात्तिक कात्तिक २९ गते शनिबार, कस्ताे रहला तपाइकाे राशिफल ?
नेपाली कम्युनिस्ट पार्टीले पायो दल दर्ताको प्रमाणपत्र
सन्तोष परियारले किन त्यागे रास्वपा ? यस्ताे छ उनकाे राजीनामा पत्र
सन्तोष परियारले छाडे रास्वपा
भण्डारीले गरे नेपाली समाज टेक्सासको अध्यक्षमा उमेदवारी घोषणा
प्रतिक्रिया