पेरुको जुनिन क्षेत्रमा बस दुर्घटनाः कम्तीमा १८ जनाको मृत्यु, २४ जना घाइते

पेरुको मध्य क्षेत्र जुनिनमा एक बस दुर्घटनामा कम्तीमा १८ जनाले ज्यान गुमाएका छन् भने अन्य २४ जना घाइते भएको स्थानीय सञ्चार माध्यम ला रिपब्लिकाले जानकारी दिएको छ ।
एक्सप्रेसो मोलीना लिडर इन्टरनेशनल नामक यातायात कम्पनीको दुई तल्ले बस तार्मा प्रान्तको ताल्का जिल्लाको नजिकैको केन्द्रीय राजमार्गबाट खसेपछि उक्त दुर्घटना भएको बताइएको छ ।
घटनापछि उद्धारका लागि राष्ट्रिय प्रहरी, दमकलकर्मी तथा स्वास्थ्यकर्मीहरू तुरुन्तै घटनास्थलमा पुगेका थिए । केही यात्रु बसको संरचनामा च्यापिएका थिए, जसलाई सावधानीपूर्वक उद्धार गरी फेलिक्स मायोर्का अस्पताल तार्मा लगिएको छ ।
प्रहरी प्रशासनले घटनास्थल सुरक्षित गर्दै उद्धार कार्य सहज रूपमा सम्पन्न गर्न आवश्यक सहयोग पु¥याएको थियो । दुर्घटनाको कारणबारे हाल अनुसन्धान जारी रहेको जनाइएको छ । प्रारम्भिक अनुमानअनुसार तीव्र गतिका कारण दुर्घटना भएको हुन सक्ने आशंका गरिएको छ ।
















होर्मुजमा अमेरिकी सेनालाई ‘घातक भुँमरी’मा फसाउने इरानी चेतावनी
मन्त्रीहरुको सम्पत्ति विवरण सार्वजनिक, प्रधानमन्त्री बालेन्द्र शाहको सम्पत्ति कती ?
अमेरिका–इरानबिच थप वार्ताका लागि आग्रह
राष्ट्रिय रग्बी सेभेन्स च्याम्पियनसिप : पुरुषतर्फ एपीएफ र महिलातर्फ आर्मी च्याम्पियन
पेट्रोलियम पदार्थको भारी मूल्यवृद्धि, ग्याँसको मूल्य पनि बढ्यो
पार्टीमा एकता र अनुशासनको खाँचो छ : सभापति थापा
गौशालाबाट लागुऔषधसहित दुई जना पक्राउ
वैदेशिक रोजगार विभागका सुब्बा घुससहित समातिए
अमेरिका–इरानबीच लगातार १४ घण्टा वार्ता, के भयो सहमति ?
प्रतिक्रिया