तनहुँका दुई लाख ९० हजार पशुमा पूर्णखोप

तनहुँ । जिल्लाका करिब ४६ हजार बढी परिवारले पालेका पशुलाई पूर्णखोप लगाइएको छ । जिल्लास्थित भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रले गत आर्थिक वर्षमा जिल्लाका दश पालिकाका दुई लाख ९० हजार ६८५ पशुमा पूर्णखोप लगाएको हो ।
सङ्क्रामक रोगका कारण हुने पशुजन्य उत्पादनको गिरावटलाई कम गरी खोपका माध्यमबाट पशुधनको सुरक्षा तथा उत्पादन वृद्धिका लागि जिल्लाका सबै पालिकाका पशुमा खोप लगाइएको केन्द्रका प्रमुख रविनसन अधिकारीले जानकारी दिए।
गण्डकी प्रदेश सरकारले प्रदेशलाई पूर्णखोपयुक्त बनाएर सङ्क्रामक रोग निमूल पार्ने लक्ष्य राखेको छ । तनहुँमा व्यावसायिक पशुपालन बढिरहेकाले यहाँबाट विभिन्न जिल्लामा पशुजन्य पदार्थको आयातनिर्यात हुने भएकाले पूर्णखोप सुनिश्चित अभियान सञ्चालन गरिएको उनले बताए ।
प्रमुख अधिकारीका अनुसार खोप कार्यक्रमका लागि ९३ जना खोपकर्ता नियुक्त गरिएको थियो । दश स्थानीय तहका एक हजार ११३ टोल, ८५ वटा वडा, ४६ हजार ७१ घरधुरीमा पुगेर दुई लाख ९० हजार ६८५ पशुमा खोप लगाइएको उनले जानकारी दिए । उनका अनुसार छ हजार ६२४ कुकुर तथा बिरालोमा रेबिजविरुद्धको खोप पनि लगाइएको छ ।
अधिकारीले व्यास नगरपालिकामा सबैभन्दा बढी ३६ हजार ९२९ र सबैभन्दा कम आँबुखैरेनी गाउँपालिकामा १८ हजार १०७ पशुमा खोप लगाइएको जानकारी दिए। पशुबाट मानिस र मानिसबाट पशुमा सर्ने जुनोटिक रोगलाई नियन्त्रण गरी जनस्वास्थ्यमा पार्ने नकारात्मक असरबाट बचाउन र पशुजन्य रोगको उपचार तथा नियन्त्रणमा लाग्ने समय र खर्चको बचतका लागि पूर्णखोप कार्यक्रम प्रभावकारी बन्दै गएको उनको भनाइ छ ।
















स्वास्थ्य बिमाबारे छलफलमा स्वास्थ्यमन्त्री मेहता
सुधारका कार्ययोजना ल्याउन सञ्चारमन्त्री तिमिल्सिनाको निर्देशन
जनताको हितलाई केन्द्रमा राखेर संविधान संशोधन हुनुपर्छः नेता खड्का
Malekhu-Muglin road to be closed for six hours at night from today
इजरायली आक्रमणमा इरानी विश्वविद्यालयमा क्षति
एमाले अध्यक्ष ओलीको पित्तथैलीमा पत्थरी, अस्पतालमा नै राखेर उपचार गरिने
विद्यालय र विश्वविद्यालयबाट विद्यार्थी संगठन हटाउने
पूर्वगृहमन्त्री लेखक पक्राउ परेपछि देउवा र कोइराला पक्षका नेता छलफलमा
खड्का-कोइराला समूहले कांग्रेसका सांसदकाे छुट्टै बैठक डाक्याे
कुन विदेशी मुद्रा कतिमा कारोबार हुँदैछ आज ?
प्रतिक्रिया