कम्बोडिया र थाइल्यान्ड युद्ध विरामका लागि तयार

काठमाडौं – केही दिन सीमामा झडप भएपछि कम्बोडिया र थाइल्यान्ड युद्ध विरामका लागि सहमत भएका छन्। आइतबार दुवै पक्षका नेताले विज्ञप्ति जारी गर्दै युद्ध विराम भएको घोषणा गरेका हुन्।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पनि युद्ध विराम भएको बताए। यसअघि साताको सुरुवातमा नै राष्ट्रपति ट्रम्पले आफूले दुवै पक्षका नेतालाई भेटेर युद्ध विरामको पहल गरेको बताएका थिए।
उनले सीमामा झडप जारी रहे युद्धमा सरिक हुने देशलाई व्यापार प्रतिबन्ध लगाउने चेतावनी दिएका थिए।
यसै महिनाको सुरुवातमा नै ट्रम्पले १ अगस्टदेखि लागु हुने गरी थाइल्यान्ड र कम्बोडियामा पुग्ने अमेरिकी समानमा ३६ प्रतिशत कर लगाउने चेतावनी दिएका थिए।आइतबार बिहानै कम्बोडियाका प्रधानमन्त्री हुन मानेतले विज्ञप्ति जारी गर्दै आफ्नो देश युद्ध विरामका लागि तयार भएको बताउँदै यसका लागि प्रयास गर्ने अमेरिकी राष्ट्रपति ट्रम्पलाई धन्यवाद दिएका थिए।
उनले यसका लागि आसियनको नेतृत्व गरी रहेका मलेसियाका प्रधानमन्त्री अनवर इब्राहिमले पनि प्रयास गरेको बताए।











तनहुँमा ५९ हजार कुखुराको बिमा
आज त्रिविको ५१ औँ दीक्षान्त समारोह, प्रमुख अतिथिमा नोबेल पुरस्कार विजेता
आज क्रिश्चियन धर्मका संस्थापक येशु ख्रीष्टको जन्मदिनको सम्झनामा ‘क्रिसमस डे’ मनाउँदै
आज २०८२ साल पुस १० गते बिहीबारको राशिफल
किन फिर्ता बोलायो अमेरिकाले नेपालबाट राजदूतलाई ?
राष्ट्रियसभाका लागि दाङ ३ बाट कांग्रेसका कृष्णकुमार गिरी सिफारिस
एमाले नेता ऐन महर धरौटीमा रिहा, श्रीमती पक्राउ
राष्ट्रपतिको पहलमा पहिलोपटक प्रधानमन्त्री कार्की, देउवा, ओली र प्रचण्डबीच छलफल हुँदै
पूर्वराष्ट्रपति भण्डारीकाे राजतन्त्रबारे अभिव्यक्ति सुन्दा उदेक लाग्योः प्रदीप ज्ञवाली
प्रतिक्रिया