क्यानडा पठाइदिन्छु भन्दै ठगी गर्ने व्यक्ति पक्राउ
मेरोन्यूज
२०८२ साउन ११ गते १८:०७

काठमाडौं। वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गर्ने पक्राउ परेका छन् ।
सो अभियोगमा कागेश्वरी मनोहरा नगरपालिका–५ बस्ने गोरखा पालुङटार नगरपालिका–२ घर भएका ३७ वर्षीय रविन आचार्यलाई प्रहरीले पक्राउ गरेको हो ।
रविनले क्यानडा पठाइदिन्छु भन्दै २ जना पीडितहरूबाट ६५ लाख ९७ हजार रूपैयाँ लिई सम्पर्कबिहीन भएको भन्ने पीडितहरूको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले उनलाई काठमाडौं महानगरपालिका–२६ सामाखुशीबाट पक्राउ गरेको हो ।
उनलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको छ ।
सम्बन्धित
















एसइई परीक्षा: सङ्खुवासभामा उत्तरपुस्तिका परीक्षण सुरु
जेडटीईको गेमिंङ स्मार्टफोन रेड म्याजिक ११ प्रो नेपाली बजारमा, कति पर्छ मूल्य ?
रूसमा रेल दुर्घटना हुँदा २२ जना घाइते
10 injured in bus- microbus collision
भोलिदेखि नेपाल–चीन जोड्ने रसुवागढी नाका बन्द हुने
दीपक खड्का र रेखा शर्माद्वारा रिहाइका लागि सर्वोच्चमा बन्दीप्रत्यक्षीकरण रिट दर्ता
एमाले संसदीय दलको नेताका लागि निर्वाचन हुने, थापा र नेम्वाङ प्रतिस्पर्धामा
बागमती प्रदेशकाे मन्त्रालय सङ्ख्या १४ बाट घटाएर ७ कायम गर्न कांग्रेसको आग्रह
बिपी राजमार्ग अनिश्चितकालीन बन्द
प्रतिक्रिया