वीर अस्पतालको सेवा सुधार्न सके स्वास्थ्य क्षेत्रको सुधार हुन्छः स्वास्थ्यमन्त्री पौडेल

काठमाडौँ। स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले वीर अस्पताल सुधार भए समग्र स्वास्थ्य सेवा क्षेत्रको सुधार गर्न सकिने बताएका छन् । आज वीर अस्पतालको १३६ औँ वार्षिकोत्सव समारोहमा उहाँले उक्त अस्पताललाई सुधार्न राज्यले सबै सुधारका प्रयास गर्ने प्रतिबद्धता व्यक्त गरे ।
मन्त्री पौडेलले भने, “नेपालको स्वास्थ्य क्षेत्रको तस्बिर वीर अस्पताल हेरे पुग्छ । वीरलाई सुधार्न सकियो भने मात्र स्वास्थ्य क्षेत्रको सुधार हुनेछ । त्यसैले यहाँ आवश्यक उपकरणलगायत पूर्वाधार उपलब्ध गराउन मन्त्रालयले हदैसम्मको प्रयास गर्नेछ ।”
उनले नेपालको स्वास्थ्य क्षेत्रमा धेरै सुधार गर्नुपर्ने भन्दै त्यसका लागि थप लगानी आवश्यक रहेको बताउनुभयो । “स्वास्थ्य क्षेत्र सुधार नभएको होइन, तर पूर्ण रूपमा सुधार हुन सकेको छैन । त्यसैले यसमा सबै गम्भीर बन्नुपर्छ”, पौडेलले भने ।
उनले भदौ महिनासम्म सबै अस्पतालको स्वास्थ्य बिमा रकम फरफारक गर्ने प्रयास भइरहेको जानकारी दिए । अस्पतालका निर्देशक प्रा डा दिलीप शर्माले अस्पतालको आर्थिक वर्ष २०८१÷८२ को वार्षिक प्रतिवेदन पेस गर्दै बहिरङ्ग सेवा (नयाँ तथा पुरानो) अनलाइनमा समेत गरी छ लाख ४७ हजार २१५ जना, आकस्मिक सेवा ३५ हजार १४१ र अन्तरङ्ग सेवा २१ हजार २२४, शल्यक्रिया सेवा २६ हजार ४४६ ले लिएको जानकारी गराए । अस्पतालमा दैनिक करिब दुई हजार ५०० सयभन्दा बढीले सेवा लिने गरेका उनले बताए ।
अस्पतालमा सघन उपचारका लागि बहु–विशिष्टिकृत ७२ सघन उपचार श्यया तथा ३८ ‘हाइ–डिपेन्डेन्सी युनिट’ रहेका छन् । डा शर्माले वीर अस्पताल देशको गौरवका रूपमा रहेको बताउँदै यस संस्थालाई केन्द्रीय रिफरल तथा अध्ययन अनुसन्धानको केन्द्र बनाउन सबैको एकता तथा प्रतिबद्धता आवश्यक रहेको धारणा राखे । उनले भने, “अत्यावश्यक शीर्षकमा वार्षिक बजेटको कमी, स्वास्थ्य बिमा बोर्डबाट समयमै सोधभर्ना नहुनु तथा बढ्दो कमर्चारी परिवर्तनका साथै प्राविधिक जनशक्तिको स्वीकृत दरबन्दीको कमीले अस्पतालमा चुनौती थपिएको छ ।”
विसं १९४६ साउन १२ गते स्थापना भएको यो अस्पताल १५ श्ययाबाट सुरु भएकामा हाल स्वीकृत क्षमता ९६० रहेको छ । अस्पतालले हाल २२ वटा क्लिनिकल विभाग तथा तीन वटा क्लिनिकल युनिट (आँखा स्वास्थ्य, गाइनोकोलोजी, मानसिक रोग)मार्फत आधारभूत, विशेषज्ञ तथा अति विशिष्टिकृत सेवा प्रदान गर्दै आएको छ ।
















स्वास्थ्य बिमाबारे छलफलमा स्वास्थ्यमन्त्री मेहता
सुधारका कार्ययोजना ल्याउन सञ्चारमन्त्री तिमिल्सिनाको निर्देशन
जनताको हितलाई केन्द्रमा राखेर संविधान संशोधन हुनुपर्छः नेता खड्का
Malekhu-Muglin road to be closed for six hours at night from today
इजरायली आक्रमणमा इरानी विश्वविद्यालयमा क्षति
एमाले अध्यक्ष ओलीको पित्तथैलीमा पत्थरी, अस्पतालमा नै राखेर उपचार गरिने
खड्का-कोइराला समूहले कांग्रेसका सांसदकाे छुट्टै बैठक डाक्याे
विद्यालय र विश्वविद्यालयबाट विद्यार्थी संगठन हटाउने
पूर्वगृहमन्त्री लेखक पक्राउ परेपछि देउवा र कोइराला पक्षका नेता छलफलमा
कुन विदेशी मुद्रा कतिमा कारोबार हुँदैछ आज ?
प्रतिक्रिया