बयानका लागि अख्तियार धाउँदै पूर्वमन्त्रीद्वय गुप्ता र श्रेष्ठ

काठमाडौं । अख्तियार दुरुपयोग अनुसनधान आयोगले दुई पूर्वमन्त्रीलाई नियमित बयान लिइरहेको छ । विगत एक सातादेखि निवर्तमान सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ता र पूर्व भूमिसुधारमन्त्री रन्जिता श्रेष्ठलाई आयोगले चरणबद्ध रुपमा बयान लिइरहेको छ ।
घुस अडियोको विषयमा गत साताबाटै उनीहरुसँग चरणबद्ध रुपमा बोलाएर लिखित बयान लिन थालेको हो । ‘ घुस प्रकरणमा उनीहरुको बयान शुरु भैसकेको छ, अख्तियारले छानवीन शुरु गरेपछि बयान लिन थालिएको हो साथै विभिन्न प्रमाणको आधारमा अनुसन्धान थालिएको हो’, स्रोतले भन्यो ।
बहालवाला मन्त्री र पूर्वमन्त्री मिलेर कर्मचारी सरुवा तथा जग्गा दर्तालगायतका विभिन्न काम गरिदिएको अडियो सार्वजनिक भएपछि भन्दै सेवाग्राहीसँग धमाधम घुस असुलेको करिबकरिब पुष्टि भएको अवस्थामा अख्तियारले उनीहरुसँग बयान लिएको हो । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको छानबिनका क्रममा तत्कालीन संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजकुमार गुप्ता र पूर्व भूमिव्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री रञ्जिता श्रेष्ठले एकपछि अर्को गर्दै घुस असुलेको प्रमाणहरू फेला परेको जनाएको छ । उनीहरूले विभिन्न समयमा गरी करोडभन्दा बढी घुस असुली गरेको स्रोतको दाबी गरिहरेका बेला पुष्टि हुने केही प्रमाणहरु फेला परेको स्रोतको दावी छ ।
निवर्तमान संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ता संलग्न भएको घुस अडियो प्रकरणमा पूर्वमन्त्री रञ्जिता श्रेष्ठ पनि संलग्न भएको प्रमाण अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा पुगेको थियो । अख्तियारले मन्त्री गुप्ताको छानबिन गर्ने क्रममा श्रेष्ठ पनि घुस प्रकरणमा संलग्न देखिएका प्रमाणहरू फेला पारेको स्रोतले जानकारी दिएको छ । अख्तियारले घुस प्रकरणमा गत बुधबारदेखि पूर्व भूमिव्यवस्था मन्त्री श्रेष्ठसँग बयान लिनुका साथै भ्वाइस टेस्ट गरेको छ । यसअघि अख्तियारले मंगलवार यस प्रकरणमा पूर्वमन्त्री गुप्तासँग बयान लिँदै भ्वाइस टेस्ट गरेको थियो । गुप्ताको छानबिनकै क्रममा पूर्वमन्त्री श्रेष्ठले घुस रकम मागेको प्रमाण फेला परेको हो ।
यस प्रकरणमा अडियो रेकर्ड गर्ने पोखराका व्यक्तिसँग पूर्वमन्त्री श्रेष्ठले पटक–पटक सम्पर्क गरेको र पैसासमेत मागेको देखिएको अख्तियार स्रोतले जानकारी दिएको छ । श्रेष्ठले मन्त्रिपरिषद् बैठकको सूचना आदानप्रदानदेखि आफ्नो निजी सुरक्षा अधिकृत ९पीएसओ० प्रयोग गरेरसमेत पैसा मागेको दावी छ । तर, पूर्वमन्त्री श्रेष्ठले आफूमाथिको आरोप गलत भएको बताउदै आएकी छिन् । अख्तियार स्रोतका अनुसार पूर्वमन्त्री श्रेष्ठले पोखराका ती व्यक्तिसँग फोनमा म्यासेज गरेर, ‘।।।।।जी, पशुपति पूजामा छु, क्यास चाहिएको छ । ड्राइभरलाई लिन पठाइदिँऊ रु’ भनी म्यासेज लेखेको भेटिएपनि बयानमा भने अस्वीकार गर्दै आएकी छिन् ।
अख्तियार स्रोतका अनुसार तत्कालीन सामान्य प्रशासनमन्त्री र गुप्ता, पूर्व भूमिसुधार मन्त्री तथा नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठ र मन्त्री गुप्तालाई पैसा बुझाउने पोखराका ती व्यक्तिबीच निरन्तर सम्पर्क भएको खुलेको हो । त्यसमा पनि पूर्वमन्त्री श्रेष्ठले पोखराका ती व्यक्तिसँग निरन्तर फोन र म्यासेज गरेर काम अघि बढाइदिने आश्वासन दिएको भेटियो’अख्तियार स्रोतले भन्यो । मन्त्रिपरिषद्को बैठक बस्दैछ भन्ने सूचनादेखि ‘मलाई मन्त्री गुप्ताले कल गर्दैछ’ भन्नेसम्मको कुराकानी फेला परेको अख्तियार स्रोतले जनाएको छ ।
यही विषयलाई लिएर श्रेष्ठको पार्टीमा किचलो समेत उत्पन्न भएको छ । रन्जिताका श्रीमान रेशम चौधरीले पार्टीको बैठकमा स्पष्ट पार्न आग्रह समेत गरिसकेका छन् । अख्तियारले भने अझै केही दिन उनीहरुसँग बयान लिएर थप प्रमाण जुटाउन लागिपरेको बेला रन्जिताले भने पार्टी अध्यक्षबाट अलग भएर वरिष्ठ उपाध्यक्षलाई जिम्मेवारी दिएकी छिन् ।
















अर्थ मन्त्रालयद्वारा अर्धवार्षिक समीक्षामार्फत सुधारका योजना सार्वजनिक
फागुन ३ देखि १७ गतेसम्म मतदाता शिक्षा कार्यक्रम सञ्चालन गरिने
महाशिवरात्रि पर्वलाई सभ्य र भव्य बनाउन यस्ताे छ तयारी
परराष्ट्र मन्त्री र अर्थमन्त्रीसँग कतारी प्रतिनिधि मण्डलको भेटवार्ता
अस्वाभाविक लक्ष्य, सञ्चित कोषको चाप र पूर्वतयारीविनाका आयोजनाका कारण खर्च अनुमान घट्यो : अर्थमन्त्री
इंग्ल्यान्डसँग नेपाल ४ रनले पराजित
दुई ब्याटरको अर्धशतकमा इंग्ल्यान्डले नेपाललाई दियाे १८५ रनकाे लक्ष्य
फेरि तीन लाख नाघ्यो सुनको मूल्य
थाइल्यान्डमा त्रिपक्षीय चुनावी प्रतिस्पर्धा
कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै
प्रतिक्रिया