अष्ट्रेलियाको अर्बनमा रामजी र शान्तिरानीले तीजमा नचाउँने

काठमाडौँ। अष्ट्रेलियाको अर्बनमा तीजको अवसर पारेर सांगीतिक कार्यक्रम हुने भएको छ । सोही कार्यक्रममा गायक रामजी खाँड र गायिका शान्तीरानी परियारले प्रस्तुती दिने भएका हुन् । भदौँ ६ गते अर्थात अगष्ट २२ मा अर्बनको एनएसडब्लु ग्रान्ड प्लायेसमा सांगीतिक कार्यक्रम हुने भएको हो ।
तीजको अवसरमा हुने सांगीतिक कार्यक्रममा प्रवेश शूल्क अर्बन सोसाइटीका अध्यक्ष अरुण श्रेष्ठले जानकारी दिए । उनका अनुसार ५९ डलर र २५ डलर राखिएको छ । अनलाइनबाट भने ५५ डलरमै खरिद गर्न सकिने उनले जानकारी दिए ।
विदेशमा रहेका नेपाली महिलालाई आफ्नो संस्कृति तथा चाडपर्वको महत्त्व बुझाउनका लागि यस्ता सांगीतिक कार्यक्रम गरिएको श्रेष्ठले बताए । विदेशमा बसेर नेपालको चाडपर्व तथा संस्कृतिलाई नभुल्नलाई पनि समय(समयमा यस्तो कार्यक्रम आयोजना गर्नुपरेको उनले बताए ।
उनले भने,’ घर र स्वदेशदेखि टाढा हुँदा आफ्नो मौलिक संस्कृति भुल्ने अवस्था आउन सक्ने हुँदा यस्ता कार्यक्रमले नेपालीत्त्वको भावना जगाउँन सक्छ । यहाँ बसेर स्वदेशको संस्कृतिलाई माया गराउन सक्नु पनि हाम्रो दायित्त्व हुन आउँछ ।‘













बाँकेमा दुई हजार ४९१ निर्वाचन प्रहरी भर्ना गरिँदै
पार्टीको नाम नै फेर्ने प्रस्ताव आएपछि एकता भङ्ग भएको होः रास्वपा
१२ दिन हामीलाई धेरै पीडादायी भयो : कुलमान घिसिङ
धनुषामा झडप हुँदा १२ जना घाइते
दीपेन्द्र र एरिका वर्ष उत्कृष्ट खेलाडी
प्रधानमन्त्री कार्की र एमाले अध्यक्ष ओलीबीच ३ घण्टा छलफल
निर्वाचन आउन ५६ दिन बाँकीः राष्ट्रिय सभाका उम्मेदवारको विरोधमा उजुरी दिन सकिने
अभिनेता सौगात मल्ल भन्छन् – ‘भाइरल’ बन्नुभन्दा टिकिरहन गाह्रो
शंखरापुर दुर्घटना अपडेट : मृतक पाँच जनाको सनाखत, घाइते २३ जनाको उपचार हुँदै
प्रतिक्रिया