एमालेको विधान महाधिवेशनको व्यवस्थापनका लागि विभिन्न नेताहरुलाई जिम्मेवारी

काठमाडौं- नेकपा एमालेले भदौमा हुने विधान महाधिवेशनको व्यवस्थापनका लागि नेताहरुलाई जिम्मेवारी तोकेको छ । हिजो बसेको पार्टी केन्द्रीय सचिवालयको बैठकले विभिन्न नेताहरुलाई महाधिवेशनको व्यवस्थपनको जिम्मेवारी दिएको छ । महासचिव शंकर पोखरेलको अध्यक्षतामा बसेको बैठकले महाधिवेशनका प्रतिनिधीको संख्या यकिन गर्न संगठन विभागलाई जिम्मा दिएको छ ।
१० औं राष्ट्रिय महाधिवेशनका प्रतिनिधी मध्ये कतिको मृत्यु भयो ?कतिले पार्टी छोडे ति सबै बिषय यकिन गर्न संगठन विभागलाई जिम्मा दिइएको केन्द्रीय कार्यालय प्रमुख डा.भिष्म अधिकारीले जानकारी दिए । यसैगरी स्वास्थ्य क्षेत्रको जिम्मा स्वास्थ्य तथा जनसंख्या विभागका प्रमुख कृष्णगोपाल श्रेष्ठलाई जिम्मा दिइएको छ । महाधिवेशनको स्वयंसेवक परिचालनको जिम्मा पार्टीको जनसंगठन समन्वय संयन्त्रका प्रमुख भानुभक्त ढकाललाई जिम्मा दिइएको छ ।
यस्तै सचिवालय र खानाको व्यवस्थापन कार्यलय सचिव डा.अधिकारीलाई जिम्मा दिइएको छ । कार्यलयको बैठकले यातायात तथा मञ्च व्यवस्थापनको जिम्मा केन्द्रीय सदस्य विनोद श्रेष्ठको जिम्मा दिएको छ । महाधिवेशनको प्रचारको जिम्मा प्रचार तथा प्रकाशन विभागका प्रमुख राजेन्द्र गौतमलाइ जिम्मा दिइएको छ । यस्तै स्वागत नृत्य सहित विविध साँस्कृतिक कार्यक्रमका लागि केन्द्रीय सदस्य हेमराज राईलाई जिम्मा दिइएको छ ।
महाधिवेशनका प्रतिनिधीले आवासको व्यवस्थ आफैं गर्नुपर्ने छ । आवासको व्यवस्थापन गर्न नसक्ने प्रतिनिधीका सम्बन्धित जिल्ला वा प्रदेशका सम्पर्क समन्वय कमिटीले व्यवस्थापन गर्नुपर्ने छ । यसका लागि सो विभागका इन्चार्ज लालबाबु पण्डितलाई जिम्मेवारी तोकिएको छ । विधान महाधिवेशनमा २२सय ७९ जना प्र्रतिनधी रहनेछन् । एमालेको विधान महाधिवेशन भदौ २० देखि २२ गतेसम्म ललितपुरको गोदावरी स्थित सनराइज हलमा हुदैछ ।
















ट्रम्पको आक्रमण गर्ने धम्कीबीच विद्युत् केन्द्र वरिपरि मानव सांलो बनाउँदै इरानी जनता
संयुक्त राष्ट्रसंघमा भिटोमार्फत इरानको पक्षमा उभिए रूस र चीन
डेपुटी गभर्नर पण्डितले लिए शपथ
काभ्रे पुगेर गृहमन्त्रीले भने- अवैध रूपमा सञ्चालित सबै क्रसर तुरून्त बन्द गर्नू
आजदेखि मतदाता नामावली सङ्कलन सुरु हुँदै
गुण्डा नाइके सानुभाइसहित १८ जना पक्राउ
पूर्वमन्त्री खड्कालाई थप ७ दिन थुनामा राख्न अनुमति
ट्रम्पको खुलासा- इरानका प्रदर्शनकारीहरुलाई हतियार पठाएका थियौँ
चितवनमा सहचालकले बस ब्याक गर्दा …
प्रतिक्रिया