वैदेशिक रोजगारीको लागि विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने तीन जना पक्राउ

काठमाडौं।वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा ३ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरूमा काठमाडौं महानगरपालिका–१६ बस्ने मकवानपुर मनहरी गाउँपालिका–५ घर भएका ३१ वर्षीय अशोक मोक्तान, काठमाडौं तार्केश्वर नगरपालिका–४ बस्ने सल्यान कपुरकोट गाउँपालिका–३ घर भएका ३२ वर्षीय टेक बहादुर घर्ती मगर र भक्तपुर मध्यपुर थिमी नगरपालिका–३ बस्ने तनहुँ व्याँस नगरपालिका–४ घर भएका ४५ वर्षीय बिमल आले रहेका छन् ।
पक्राउ मध्ये अशोकले युएइ पठाइदिन्छु भन्दै ६ जना पीडितहरुबाट ११ लाख ४० हजार रूपैयाँ, टेक बहादुरले मलेसिया पठाइदिन्छु भन्दै १ जना पीडितबाट २ लाख ८ हजार रूपैयाँ र बिमलले सर्बिया पठाइदिन्छु भन्दै १ जना पीडितबाट १२ लाख रूपैयाँ लिई सम्पर्कबिहीन भएको भन्ने पीडितहरूको उजुरीको आधारमा पक्राउ गरिएको हो ।
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले अशोकलाई काठमाडौं महानगरपालिका–३ बाट तथा टेकबहादुरलाई टोखा नगरपालिका–७ बाट र बिमललाई काठमाडौं महानगरपालिका–२६ बाट पक्राउ गरेको हो ।
उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको छ ।











बैंकिङ क्षेत्र सुधार सुझाव कार्यदलकाे प्रतिवेदनले के-के सिफारिस गर्याे ?
दक्षिण कोरियाको पहिलो व्यावसायिक अन्तरिक्ष यान प्रक्षेपण असफल
महोत्तरी-४ बाट पनि प्रचण्डको नाम उम्मेदवार सिफारिस
क्रियाशील सदस्यता वितरण सहजीकरणका लागि गगन थापाको चार बुँदे निर्देशन
रवीन्द्र मिश्र पर्सा-३ बाट पनि उम्मेदवार सिफारिस
किन फिर्ता बोलायो अमेरिकाले नेपालबाट राजदूतलाई ?
राष्ट्रियसभाका लागि दाङ ३ बाट कांग्रेसका कृष्णकुमार गिरी सिफारिस
यू-१९ एसिया कप : चिरप्रतिद्वन्द्धी भारतलाई हराउँदै पाकिस्तानले उचाल्यो उपाधि
जीवन विज्ञानद्वारा संयुक्त राष्ट्रसङ्घमा ध्यानसम्बन्धी कार्यक्रम प्रस्तुत
रबि लामिछानेले प्रधानमन्त्री कार्कीलाई भने- फागुन २१ को चुनाव सार्ने चलखेल निस्तेज पार्नुस्
प्रतिक्रिया