ताप्लेजुङ गोल्डकप साउन अन्तिम सातादेखि
मेरोन्यूज
२०८२ साउन १५ गते २०:१७

ताप्लेजुङ। तेस्रो अन्तर्राष्ट्रिय ताप्लेजुङ गोल्डकप यही साउन २४ गतेदेखि सुरु हुने भएको छ । पाथीभरामा आज आयोजिक कार्यक्रममा आयोजकले खेल तालिका सार्वजनिक गरेको हो ।
खेलकुदको माध्यमबाट पाथीभरा मन्दिरको प्रचारप्रसार गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको आयोजक लाखेजात्रा सञ्चालन समितिका अध्यक्ष सागर मादेनले जानकारी दिए । उद्घाटन खेल तेल्लोक स्पोर्टिङ क्लब र द योङ ब्रदर्श फुटबल क्लब इटहरीबीच हुने छ । साउन २५ गते सहारा क्लब पोखरा र रेड स्टार फुटबल क्लब झापाबीच खेल हुनेछ ।
अध्यक्ष मादेनका अनुसार साउन ३१ गतेसम्म चल्ने उक्त प्रतियोगिताको विजेताले रु सात लाख दुई हजार ८२ र उपविजेताले रु तीन लाख ५० हजार ८२ सहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ ।
सम्बन्धित









टी-२० विश्वकप तालिका सार्वजनिक, नेपालको पहिलो खेल कुन देश संग ?
महाकालीमा डुबेर एक युवक बेपत्ता, खोजीकार्य जारी
प्रधानमन्त्री कार्कीद्वारा मुख्यसचिव अर्याललाई बिदाइ
नेपाल–श्रीलङ्का व्यापार र हवाई सेवा विस्तार गर्न चेम्बरको पहल
आज २०८२ साल मंसिर ७ गते आइतबारको राशिफल
एनपीएलः अहिलेसम्म कुन टिमको कस्तो रह्यो प्रदर्शन ?
महेश बस्नेतमाथि मसी छ्याप्नेलाई कडा कारबाही हुन्छ: नेविसंघ अध्यक्ष शेर्पा
तनहुँमा ८ हजार ३६६ मतदाता थपिए
प्रतिक्रिया