‘सायरा’ ले कमायो ५०० करोड बढी, बन्यो ‘लभस्टोरी’मा सबैभन्दा बढी कमाउने फिल्म

मुम्बई । आहान पाण्डे र अनित पड्डाको रोमान्टिक फिल्म ‘सायरा’ले अहिलेसम्म बक्स अफिसमा दबदबा बनाउन सफल भएको छ ।
फिल्म रिलिज भएको १९ दिन बितिसकेको छ तर दर्शक भने अझै पनि यसको पछि लागिरहेका छन् ।
‘सायरा’ को प्रोडक्सन हाउस यशराज फिल्म्सले फिल्मको विश्वव्यापी संग्रह इन्स्टाग्राममा शेयर गरेको छ । यशराज फिल्म्सले ‘सायरा’ को एक क्लिप सेयर गरेको छ, जसमा फिल्मको विश्वव्यापी कलेक्शन र भारतीय बक्स अफिस कलेक्शन पनि लेखिएको छ ।
जस अनुसार ‘सायरा’ले हालसम्म विश्वभर ५०७ करोडको आकर्षक कलेक्सन गरेको छ । योसँगै यसले भारतीय सिनेमाको इतिहासमा सबैभन्दा धेरै कमाउने प्रेमकथा फिल्मको उपाधि पनि जितेको छ ।
‘सायरा’ ले घरेलु बक्स अफिसमा पनि धमाकेदार कमाई गर्दै कीर्तिमान बनाएको हो । जुलाई १८ मा रिलिज भएको यो फिल्मले पहिलो हप्तामा १७२.७५ करोडको व्यापार गरेको थियो । दोस्रो हप्तामा पनि आहान पाण्डेको फिल्मले १०७.७५ करोड कमाएको थियो । अहिले १८ दिनमा ‘सायरा’ले जम्मा ३०८ करोड रुपैयाँ कलेक्सन गरेको छ ।
‘सायरा’ आहान पाण्डेको डेब्यु फिल्म हो, जसलाई मोहित सुरीले निर्देशन गरेका हुन् । फिल्ममा मुख्य अभिनेत्रीको भूमिकामा अनित पड्डा देखिएकी छिन । ‘सायरा’ ६० करोड भारुमा बनेको म्युजिकल रोमान्टिक फिल्म हो ।
















अमेरिकी युद्धपोत ‘अब्राहम लिंकन’माथि आक्रमण गर्ने इरानको घोषणा
इजरायलमा इरानी आक्रमणपछि खतरनाक रसायन र ग्यास चुहावटको आशंका
सुशासन मार्गचित्रः नतिजामुखी बजेट र पारदर्शी कर प्रणालीमा जोड
खड्का-कोइराला समूहले कांग्रेसका सांसदकाे छुट्टै बैठक डाक्याे
दीपक खड्कालाई सात दिन हिरासतमा राख्न अनुमति
वादी समुदायबाट पहिलो मन्त्री बनिन् सीता, यस्ताे छ उनकाे संघर्षपूर्ण राजनीतिक यात्रा
को हुन् श्रममन्त्री बनेका दीपककुमार साह ?
महान्यायाधिवक्ता भण्डारीले दिइन् राजीनामा
कर्मचारीलाई प्रधानमन्त्री बालेनको निर्देशन- कुनै पनि बाहना बनाएर काममा ढिलासुस्ती नगर्नु
यस्ता छन् बालेन सरकारकाे पहिलो मन्त्रिपरिषदका ४ निर्णय (भिडियाे)
प्रतिक्रिया