मंगलबार, माघ ६, २०८२

शिक्षक महासंघले भाद्रबाट फेरि आन्दोलन गर्दै

मेरोन्यूज २०८२ साउन २२ गते १८:०५

काठमाडौं। नेपाल शिक्षक महासंघले भाद्रको दोश्रो हप्ताको प्रारम्भबाट आन्दोलन गर्ने निर्णय गरेको छ।

बिहीबार काठमाडौंमा बसेको महासंघको बैठकले पूर्वसहमति अनुसार शिक्षा विधेयक अघि नबढेको भन्दै भाद्रको दोश्रो हप्ताको प्रारम्भबाट आन्दोलन गर्ने निर्णय गरेको महासंघका अध्यक्ष लक्ष्मीकिशोर सुवेदीले जानकारी दिए । आन्दोलनका कार्यक्रमका लागि आन्दोलन परिचालन समितिले खाका तयार गर्ने र राष्ट्रिय समितिले पारित गर्ने उनले जानकारी दिए ।

त्यसअघि भाद्र ३ र ४ गतेका लागि राष्ट्रिय समितिको पूर्ण प्रत्यक्ष बैठक बोलाएको अध्यक्ष सुवेदीले बताए । उनले शिक्षा समितिमा विधेयकमाथि के भइरहेको भन्ने आफूलाई जानकारी नभएको उल्लेख गर्दै प्रतिनिधिसभामा विधेयक दर्ता भएपछि मात्रै विधेयकले सम्बोधन गरेका विषयको आंकलन गरिने जिकिर गरे ।

Advertisement
thakur moters insidethakur moters inside

बैठकमा सरकारसंग भएको सहमतिपछि अहिलेसम्मको अवस्थामा बारेमा समीक्षा गरिएको उनले बताए । समग्र शिक्षक कर्मचारीलाई सन्तुष्ट हुने गरि र विद्यालय शिक्षाका समस्या समाधान गर्ने गरि विधेयक आउने जस्तो नदेखिएको महासंघको बुझाइरहेको सुवेदीले बताए ।

प्रतिक्रिया