शिक्षक महासंघले भाद्रबाट फेरि आन्दोलन गर्दै

काठमाडौं। नेपाल शिक्षक महासंघले भाद्रको दोश्रो हप्ताको प्रारम्भबाट आन्दोलन गर्ने निर्णय गरेको छ।
बिहीबार काठमाडौंमा बसेको महासंघको बैठकले पूर्वसहमति अनुसार शिक्षा विधेयक अघि नबढेको भन्दै भाद्रको दोश्रो हप्ताको प्रारम्भबाट आन्दोलन गर्ने निर्णय गरेको महासंघका अध्यक्ष लक्ष्मीकिशोर सुवेदीले जानकारी दिए । आन्दोलनका कार्यक्रमका लागि आन्दोलन परिचालन समितिले खाका तयार गर्ने र राष्ट्रिय समितिले पारित गर्ने उनले जानकारी दिए ।
त्यसअघि भाद्र ३ र ४ गतेका लागि राष्ट्रिय समितिको पूर्ण प्रत्यक्ष बैठक बोलाएको अध्यक्ष सुवेदीले बताए । उनले शिक्षा समितिमा विधेयकमाथि के भइरहेको भन्ने आफूलाई जानकारी नभएको उल्लेख गर्दै प्रतिनिधिसभामा विधेयक दर्ता भएपछि मात्रै विधेयकले सम्बोधन गरेका विषयको आंकलन गरिने जिकिर गरे ।
बैठकमा सरकारसंग भएको सहमतिपछि अहिलेसम्मको अवस्थामा बारेमा समीक्षा गरिएको उनले बताए । समग्र शिक्षक कर्मचारीलाई सन्तुष्ट हुने गरि र विद्यालय शिक्षाका समस्या समाधान गर्ने गरि विधेयक आउने जस्तो नदेखिएको महासंघको बुझाइरहेको सुवेदीले बताए ।
















प्रधानमन्त्री बालेनको पुर्ख्यौली गाउँमा उत्सव
यस्तो छ १५ सदस्यीय मन्त्रिपरिषद्
चितवनमा‘पिक एप्स’बाट आँखा परीक्षण गरिँदै
सामान्य प्रशासन, भूमि व्यवस्थामन्त्रीमा प्रतिभा रावल
Newly-appointed Prime Minister Shah takes oath before President Paudel
ग्लोबल आइएमई बैंक र तिलगंगा आँखा प्रतिष्ठानबिच सहकार्य : मोतिबिन्दुको निःशुल्क शल्यक्रिया गरिने
प्रकाशकीय : ‘मेरोन्यूज’ छैटौँवर्षमा प्रवेश
नवनिर्वाचित सांसद गजुरेल र शर्मालाई नेपाल अटोमोबाइल्स एसोसिएसनको शुभकामना
कांग्रेस केन्द्रीय कार्यसमिति बैठक जारी
युक्रेनमा भएको रुसी आक्रमणमा पाँच जनाको मृत्यु
प्रतिक्रिया