शुक्रबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं । नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ। राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरि दर १४० रुपियाँ ०३ पैसा र बिक्री दर १४० रुपियाँ ६३ पैसा कायम भएको छ।
युरोपियन युरो एकको खरिदर १६३ रुपियाँ २० पैसा र बिक्रीदर १६३ रुपियाँ ९० पैसा, युके पाउन्ड स्ट्रलिङ एकको खरिदर १८७ रुपियाँ ७७ पैसा र बिक्रीदर १८८ रुपियाँ ५८ पैसा, स्वीस फ्र्याङ्क एकको खरिददर १७३ रुपियाँ ४५ पैसा र बिक्रीदर १७४ रुपियाँ २० पैसा कायम गरिएको छ।अष्ट्रेलियन डलर एकको खरिददर ९१ रुपियाँ ३३ पैसा र बिक्रीदर ९१ रुपियाँ ७२ पैसा, क्यानेडियन डलर एकको खरिदर १०१ रुपियाँ ९३ पैसा र बिक्रीदर १०२ रुपियाँ ३६ पैसा, सिङ्गापुर डलर एकको खरिददर १०९ रुपियाँ ०४ पैसा र बिक्रीदर १०९ रुपियाँ ५१ पैसा निर्धारण गरिएको छ।
जापानी येन १० को खरिदर नौ रुपियाँ ५० पैसा र बिक्रीदर नौ रुपियाँ ५४ पैसा, चिनियाँ युआन एकको खरिदर १९ रुपियाँ ५१ पैसा र बिक्रीदर १९ रुपियाँ ५९ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३७ रुपियाँ ३१ पैसा र बिक्रीदर ३७ रुपियाँ ४७ पैसा, कतारी रियाल एकको खरिददर ३८ रुपियाँ ४२ पैसा र बिक्रीदर ३८ रुपियाँ ५८ पैसा कायम भएको छ।
केन्द्रीय बैंकका अनुसार थाई भाट एकको खरिददर चार रुपियाँ ३३ पैसा र बिक्रीदर चार रुपियाँ ३५ पैसा, युएई दिराम एकको खरिददर ३८ रुपियाँ १२ पैसा र बिक्रीदर ३८ रुपियाँ २९ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३३ रुपियाँ ०७ पैसा र बिक्रीदर ३३ रुपियाँ २१ पैसा, साउथ कोरियन वन एक सयको खरिददर १० रुपियाँ १३ पैसा र बिक्रीदर १० रुपियाँ १७ पैसा, स्वीडिस क्रोनर एकको खरिददर १४ रुपियाँ ५७ पैसा र बिक्रीदर १४ रुपियाँ ६४ पैसा र डेनिस क्रोनर एकको खरिददर २१ रुपियाँ ८७ पैसा र बिक्रीदर २१ रुपियाँ ९६ पैसा तोकिएको छ।
राष्ट्र बैंकले हङकङ डलर एकको खरिदर १७ रुपियाँ ८४ पैसा र बिक्रीदर १७ रुपियाँ ९२ पैसा, कुवेती दिनार एकको खरिददर ४५८ रुपियाँ ३५ पैसा र बिक्रीदर ४६० रुपियाँ ३१ पैसा, बहराइन दिनार एकको खरिददर ३७१ रुपियाँ ४२ पैसा र बिक्रीदर ३७३ रुपियाँ ०१ पैसा, ओमनी रियाल एकको खरिददर ३६३ रुयैयाँ ७० पैसा र बिक्रीदर ३६५ रुपियाँ २६ पैसा रहेको छ। भारतीय रुपियाँ एक सयको खरिददर १६० रुपियाँ र बिक्रीदर १६० रुपियाँ १५ पैसा तोकेको छ।
राष्ट्र बैंकले यो विनिमयदरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ। वाणिज्य बैंकले तोक्ने विनिमयदर भने फरक हुनसक्ने र अद्यावधिक विनिमयदर केन्द्रीय बैंकको ‘वेबसाइट’मा उपलब्ध हुने जनाइएको छ।
















पूर्व–पश्चिम राजमार्गमा सवारी दुर्घटना हुँदा एक जनाको मृत्यु
यस्तो छ आजका लागि कृषिउपजको मूल्य
सुरक्षित, समावेशी तथा दिगो ‘डिजिटल इकोसिस्टम’ निर्माण सरकारको प्रमुख प्राथमिकता हो : सञ्चारमन्त्री
आठ वर्षपछि प्रियंकाले देखिन् उज्यालो संसार
यस्तो छ आज विदेशी मुद्राको विनिमयदर
शिवम् सिमेन्टद्वारा विशेष क्षमता भएका बालक सन्देश बुढा मगरलाई शैक्षिक सहयोग
प्रधानमन्त्री रहमान द्वारा ढाकालाई स्वच्छ सहर बनाउने लक्ष्यसहित १२ बुँदे योजना सार्वजनिक
हर्क साम्पाङले मागे प्रधानमन्त्रीको राजीनामा
अष्ट्रेलियामा विमान दुर्घटना हुँदा दुई जनाको मृत्यु, ११ घाइते
वीरगञ्ज हुँदै भित्रियो २६ अर्ब १३ करोडको सवारीसाधन र पार्टपुर्जा
प्रतिक्रिया