पर्सामा जबरजस्ती करणीकाे अभियोगमा एकजना पक्राउ
मेरोन्यूज
२०८२ साउन २३ गते १७:३९

पर्सा । पर्सा जिल्लामा जबरजस्ती करणी सम्बन्धी मुद्दामा एकजना व्यक्ति पक्राउ परेका छन्।
जिल्ला प्रहरी कार्यालय पर्साबाट प्राप्त जानकारी अनुसार ११ वर्षीया बालिकालाई बाख्रा चराउने क्रममा एक्लै पारी १० रुपैयाँको नोट दिई ललाइफकाई फकाई बलात्कार गरी फरार रहेका ठोरी गाउँपालिका २ का ४६ वर्षीय अशोक साहलाई प्रहरीले पक्राउ गरेको एसपी गौतम मिश्रले बताएका छन्।
पीडित बालिकाकी आमाले दिएको जाहेरीका आधारमा अनुसन्धान गर्दा गत २१ गते बुधवार बिहान १०बजे ठोरी २ स्थित जंगलमा उक्त घटना भएको प्रहरीले जनाएको छ। जिल्ला अदालत पर्साबाट जबरजस्ती करणी सम्बन्धी कसुरमा ३ दिनको म्याद थप अनुमति लिई अनुसन्धान प्रक्रिया अघि बढाइएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ।
जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायव निरीक्षक किशोर लम्सालका अनुसार थप अनुसन्धान भइरहेको छ।
सम्बन्धित














गगन नेतृत्वको कांग्रेसले राष्ट्रिय सभा चुनावमा एमालेसँगको तालमेल नतोड्ने
बुढासुब्बा गोल्डकप यही माघ २२ देखि
विप्लव माओवादी र संयुक्त जेनजी आन्दोलनका संयोजक मिराज ढुङ्गानाबीच चार बुँदे सहमति
नेपाली क्रिकेट टोलीको बलिङ कन्सल्टेन्टमा इयान हार्भे
समाजमा शान्ति, सहिष्णुता, सद्भाव र राष्ट्रिय एकता कायम गर्न सबैले सक्रिय भूमिका खेल्नुपर्छ : प्रधानमन्त्री कार्की
तीन तहबीच कमजोर समन्वयले विकास योजनामा बाधा : उपाध्यक्ष श्रेष्ठ
विश्वकप तयारीका लागि नेपाली क्रिकेट टोली श्रीलङ्का र भारत जाने
आज २०८२ साल पुस २९ गते मंगलबारको राशिफल
कांग्रेस विशेष महाधिवेशन र संस्थापन पक्षबीच बालुवाटारमा वार्ता जारी
आज २०८२ साल पुस ३० गते बुधबारको राशिफल
प्रतिक्रिया