एकीकृत समाजवादीद्वारा आकस्मिक केन्द्रीय कमिटी बैठक आह्वान

काठमाडौँ। नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)ले यही साउन २७ र २८ गते काठमाडौँमा केन्द्रीय कमिटी बैठक आह्वान गरेको छ । आगामी भदौ ८ गते तोकिएको उक्त बैठक करिब दुई साता अगाडि आकस्मिक रूपमा बोलाइएको हो ।
केन्द्रीय प्रचार विभाग उपप्रमुख दामोदर अर्यालका अनुसार पार्टीभित्र शीर्ष नेताहरूबीच वैचारिक विवाद बढेपछि अधिकांश नेताहरूले सङ्गठनको आन्तरिक द्वन्द्व केन्द्रीय कमिटीबाट अविलम्ब टुङ्गो लगाउन माग गरेका थिए । पार्टीको सुदृढीकरण, वडा तहबाट भएको कार्यको समीक्षा, समसामयिक राजनीतिक विषयवस्तु, वामपन्थी शक्तिबीच एकता, समान विचारधारा भएका पार्टीसँग गरिने सहकार्यलगायत विषयमा निर्णय गरिने छ ।
केन्द्रीय कमिटीका मुख्य एजेण्डा तथा कार्यक्रम तय गर्न यही साउन २५ गते स्थायी कमिटी र साउन २६ गते सचिवालय बैठक बोलाइएको छ । भ्रष्टाचार, जनजीविकासँग सम्बन्धित मुद्दामा पार्टीले सञ्चालन गरेका अभियानबारे समीक्षा गरिने बैठकमा पार्टीका नेताहरूलाई दिइएको भूगोल केन्द्रित जिम्मेवारी तथा कार्यप्रगतिको छलफल गरिने जनाइएको छ ।
यसैबीच विवाद समाधानका लागि पार्टीका सम्मानित नेता झलनाथ खनाल र वरिष्ठ नेता वामदेव गौतमबीच आज करिब चार घण्टा लामो छलफल भएको थियो ।
















डा. हाक जा हान मुन २०२६ नोबेल शान्ति पुरस्कारका लागि सिफारिस
सुदूरपश्चिम प्रदेशसभाको सातौँ अधिवेशन प्रारम्भ, सञ्चार विधेयक ‘टेबुल’
बागलुङमा भिरबाट लडेर एक महिलाको मृत्यु
नेमकिपाको आठौँ केन्द्रीय बैठक सम्पन्न, सैद्धान्तिक रूपमा प्रस्ट हुन कार्यकर्तालाई निर्देशन
इनड्राइभद्वारा नेपालका चालकहरूका लागि २२ लाख बराबरको इन्धन सहयोग घोषणा
ट्रम्पले दिए इरानलाई हर्मुज जलमार्ग खोल्न ४८ घण्टाको अन्तिम अल्टिमेटम
आजदेखि मतदाता नामावली सङ्कलन सुरु हुँदै
गुण्डा नाइके सानुभाइसहित १८ जना पक्राउ
ट्रम्पको खुलासा- इरानका प्रदर्शनकारीहरुलाई हतियार पठाएका थियौँ
मोहनविक्रम सिंहको दाबी- जेनजी आन्दोलन स्वतन्त्र तिब्बत र अमेरिका पक्षधरले हाईज्याक गरे
प्रतिक्रिया