वरिष्ठ चिनियाँ कूटनीतिज्ञ लिउ जिआन्चाओ हिरासतमा

चीनमा भावी विदेशमन्त्रीका लागि दावेदार मानिएका एक वरिष्ठ चिनियाँ कूटनीतिज्ञलाई सोधपुछका लागि हिरासतमा लगिएकाे छ ।
६१ वर्षीय लिउ, जो कम्युनिस्ट पार्टीको अन्तर्राष्ट्रिय विभागका प्रमुख हुन्, जुलाईको अन्त्यतिर विदेश भ्रमणपछि बेइजिङ फर्किंदा हिरासतमा लिइएको युकेकाे इन्डिपेन्डेन्टले उल्लेख गरेकाे छ ।
लिउको पक्राउबारे चिनियाँ सरकारले अहिलेसम्म कुनै स्पष्टीकरण दिएको छैन।
विदेशी राजनीतिक दलहरूसँगको सम्बन्धको निरीक्षण गर्ने सत्तारूढ कम्युनिस्ट पार्टीअन्तर्गतको विभागका प्रमुख लिउ जियानचाओलाई जुलाईको अन्त्यमा विदेशको कार्य भ्रमणबाट बेइजिङ फर्केपछि ‘लगिएको’, यस मामिलासँग परिचित व्यक्तिहरूका अनुसार रिपोर्टमा उल्लेख छ ।
६१ वर्षीय लियुले विदेशी राजनीतिक दलहरूसँगको सम्बन्ध व्यवस्थापन गर्ने कम्युनिस्ट पार्टीको निकायको नेतृत्व गर्दै आएका छन्। सन् २०२२ मा यो पद सम्हालेपछि उनले २० भन्दा बढी मुलुक भ्रमण गरेका र १६० भन्दा बढी मुलुकका अधिकारीहरूसँग भेट गरेका छन्।
नेता लिउ नेपालका कम्युनिष्ट दलहरूसँग समेत निकट छन् । उनले दुई पटक नेपाल भ्रमण गरिसकेका छन्। गत महिना पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको चीन भ्रमण पनि उनकै पहलमा भएको थियाे ।
















उपसभामुखमा रुबीकुमारी ठाकुर निर्वाचित
उपसभामुखमा राप्रपाकी लामाको पक्षमा ५ मत
उपसभामुखमा ठाकुरलाई प्रतिपक्षी तीन दलको समर्थन
विश्व अर्थतन्त्रमा जोखिम बढ्दै, सावधानी आवश्यक : आईएमएफ
नागरिक एपमा सेवा थपिँदैः लोकसेवाका परीक्षार्थीको प्रवेशपत्र पनि लिन सकिने
संयुक्त राष्ट्रसंघमा भिटोमार्फत इरानको पक्षमा उभिए रूस र चीन
यी हुन् ‘२०८२’मा सबैभन्दा बढी कमाउने १० नेपाली फिल्म
डेपुटी गभर्नर पण्डितले लिए शपथ
अमेरिका र इरानबिच दुई हप्ताको युद्धविराम सम्झौता
ट्रम्पले चेतावनी दिँदै भने -मंगलबार राति “इरानी सभ्यता समाप्त हुन सक्छ”
प्रतिक्रिया