धनुषसँग प्रेममा छिन् मृणाल ठाकुर ? अभिनेत्रीले खाेलिन् मुख

काठमाडौं । साउथ सुपरस्टार धनुष र अभिनेत्री मृणाल ठाकुरको अफेयरको चर्चा चलिरहेको छ। फिल्म ‘सन अफ सरदार २’ को प्रिमियरमा एकसाथ देखिएयता उनीहरु प्रेम सम्बन्धमा रहेकाे चर्चा चुलिएकाे छ ।
लामो समयदेखि हेडलाइनमा रहेकी यी अभिनेत्रीले अब धनुषसँगको आफ्नो सम्बन्धको बारेमा स्पष्ट पारेकी छिन्।
मृणाल ठाकुरले हालै ओन्ली कलिउडलाई दिएको एक अन्तर्वार्तामा भनिन्, धनुष मेरो असल साथी मात्र हो। मलाई थाहा छ कि हामी अफेयर रहेको भन्दै धेरैसमाचारहरू फैलिरहेका छन्। जब मैले समाचार देखेँ, एकदमै फन्नि लाग्यो।
धनुषले सन अफ सरदार २ को स्क्रिनिङमा उपस्थित भएपछि डेटिङको हल्ला बढेको थियो। अभिनेत्रीले यसबारे भनिन्, धनुष सन अफ सरदार २ को स्क्रिनिङमा आएका थिए, कसैले पनि यसलाई गलत नबुझ्नुस्। अजय देवगनले उनलाई निम्तो दिएका थिए।
धनुषले सन् २००४ मा रजनीकान्तकी छोरी ऐश्वर्या रजनीकान्तसँग विवाह गरेका थिए। यस विवाहबाट यी दम्पतीका दुई छोरा छन्। यी दम्पतीले २०२२ मा सम्बन्ध विच्छेदको घोषणा गरे, त्यसपछि २०२४ मा आधिकारिक रूपमा सम्बन्ध विच्छेद गरे।
धनुष चाँडै नै साउथ फिल्म इडली कडाई र हिन्दी फिल्म तेरे इश्कमा देखिनेछन्।
मृणाल सन अफ सरदार २ पछि जवानी तो इश्क होना है, तुम हो तो र पूजा मेरी जान जस्ता फिल्मको हिस्सा छिन् ।












Trump says will meet Venezuelan opposition’s Machado ‘next week’
कैलाली कारागारबाट भागेका २२६ कैदी अझै फरार
Gaza civil defence says Israeli attacks kill 13 including 5 children
वनमन्त्री चौलागाईंद्वारा भौतिक मन्त्रालयको पदभार ग्रहण
MEPs handed over to local governments to drive clean energy, sustainable development
टी-२० विश्वकपका लागि नेपाली टोली घोषणा, शेर मल्ल पनि समेटिए
राष्ट्रियसभा चुनावमा अन्य दलसँग तालमेल गर्ने कांग्रेसकाे निर्णय
एमाले सचिव शेरधन राई भोजपुरबाट सर्वसम्मत सिफारिस
पुस २३ गते बुधबारको राशिफल, कस्ताे रहला तपाइकाे आजकाे दिन ?
एमालेले टुंग्यायो राष्ट्रिय सभाका ६ उम्मेदवार, लुम्बिनीबाट रामकुमारी झाँक्री
प्रतिक्रिया