कांग्रेसको पदाधिकारी बैठक बस्दै, नयाँ सरकारबारे छलफल हुने
मेरोन्यूज
२०७८ वैशाख २८ गते ११:४५

काठमाडौँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पदाधिकारी बैठक बोलाएका छन् । उनले दिउँसो तीन बजे आफ्नै निवास बुढानीलकण्ठमा पदाधिकारी बैठक बोलाएका हन् ।
राष्ट्रपति विद्यादेवी भण्डारीले बिहीबारसम्म संविधानको धारा ७६ (२) अनुसार दुई वा दुईभन्दा बढी दलहरूको सरकार गठनका निम्ति आह्वान गरेकी छन् । राष्ट्रपतिले छोटो समय दिएकाले कांग्रेसको बैठक बस्न लागेको छ । पार्टीको पदाधिकारी बैठकपछि कांग्रेसले अन्य दलसँग छलफल गर्ने भएका छन् ।
प्रधानमन्त्री केपी शर्मा ओलीले सोमबार प्रतिनिधिसभाको विशेष बैठकबाट विश्वासको मत गुमाएसँगै कांग्रेस, नेकपा माओवादी केन्द्र र जनता समाजवादी पार्टी (जसपा)ले बहुमतीय सरकार गठनका निम्ति आह्वान गर्न राष्ट्रपतिसँग आग्रह गरेका थिए ।
सम्बन्धित
















पूर्व–पश्चिम राजमार्ग अन्तर्गत कपिलवस्तुमा बस दुर्घटना २६ जना घाइते
भक्तपुरमा आजदेखि बिस्का: जात्रा सुरु हुँदै
उपसभामुखको निर्वाचन आज, रुवी र सरस्वतीबिच प्रतिस्पर्धा
अमेरिका र इरानबीच युद्धविरामपछी इजरायली आक्रमणबाट लेबनानमा एकै दिनमा ३०० भन्दा बढीको मृत्यु
संयुक्त राष्ट्रसंघमा भिटोमार्फत इरानको पक्षमा उभिए रूस र चीन
यी हुन् ‘२०८२’मा सबैभन्दा बढी कमाउने १० नेपाली फिल्म
डेपुटी गभर्नर पण्डितले लिए शपथ
अमेरिका र इरानबिच दुई हप्ताको युद्धविराम सम्झौता
ट्रम्पले चेतावनी दिँदै भने -मंगलबार राति “इरानी सभ्यता समाप्त हुन सक्छ”
प्रतिक्रिया