डिशहोमका ग्राहकलाई ‘द बर्गर हाउस’ मा १० प्रतिशत छुट, भर्चुअल कार्ड देखाए पुग्ने

काठमाडौँ । इन्टरनेट तथा टेलिभिजन सेवा प्रदायक कम्पनी डिशहोमले आफ्ना ग्राहकलाई विशेष सुविधा प्रदान गर्न नेपालको चर्चित फास्ट-फुड चेन ‘द बर्गर हाउस एण्ड क्रन्ची फ्राइड चिकेन’ सँग साझेदारी गरेको छ । यो सम्झौतासँगै डिशहोमका सक्रिय ग्राहकले देशभरका सबै आउटलेटमा खानेकुरा र पेय पदार्थमा १० प्रतिशत छुट पाउने भएका छन् ।
यो सुविधा डिशहोमले आफ्नो ‘भर्चुअल प्रिभिलेज कार्ड’ कार्यक्रम अन्तर्गत ल्याएको हो । ग्राहकले यो छुट लिनका लागि ‘माई डिशहोम’ मोबाइल एपमा उपलब्ध हुने भर्चुअल कार्ड रेस्टुरेन्टमा देखाउनुपर्नेछ ।
कसरी लिने छुट सुविधा ?
छुट प्राप्त गर्नका लागि डिशहोमका ग्राहकले आफ्नो मोबाइलमा ‘माई डिशहोम’ एप डाउनलोड गर्नुपर्नेछ । त्यसपछि आफ्नो दर्ता गरिएको मोबाइल नम्बर वा ग्राहक आईडी प्रयोग गरी लग-इन गरेपछि एपको होम पेज वा प्रोफाइल सेक्सनमा ‘भर्चुअल प्रिभिलेज कार्ड’ देखिनेछ । द बर्गर हाउस एण्ड क्रन्ची फ्राइड चिकेनको देशभरका १५८ ओटा मध्ये कुनै पनि शाखामा बिल तिर्नुअघि सोही कार्ड देखाएर १० प्रतिशत छुट तत्कालै प्राप्त गर्न सकिनेछ ।
आफ्नो स्वादिलो बर्गर, क्रन्ची फ्राइड चिकेन र अन्य फास्ट-फुड परिकारका लागि परिचित ‘द बर्गर हाउस’सँगको यो सहकार्यले ग्राहकहरूलाई देशको जुनसुकै स्थानमा पनि छुटसहित मनपर्ने परिकारको स्वाद लिन सहज बनाउने डिशहोमको विश्वास छ ।
यस साझेदारीबारे बोल्दै डिशहोमका प्रमुख कार्यकारी अधिकृत (सीईओ) तारा मानन्धरले भने, “यो साझेदारीले नेपालको एक मनपर्ने फास्ट-फुड गन्तव्यलाई हाम्रा ग्राहकहरूको दैनिक जीवनमा थप मूल्य प्रदान गर्ने हाम्रो प्रतिबद्धतासँग जोडेको छ ।”
डिशहोमले आफ्ना ग्राहकलाई भोजन, अतिथि सत्कार, यात्रा र जीवनशैली सम्बन्धी अन्य क्षेत्रमा विशेष बचत तथा सुविधा उपलब्ध गराउने उद्देश्यले भर्चुअल प्रिभिलेज कार्डको सुरुवात गरेको हो । कम्पनीले भविष्यमा अन्य चर्चित ब्रान्डहरूलाई पनि यस कार्यक्रममा समावेश गर्दै ग्राहकका लागि सुविधाहरू विस्तार गर्ने योजना बनाएको छ ।
















काठमाडाैं उपत्यकामा हावाहुरीसहित वर्षा
मध्यपूर्व युद्ध सुरु भएयता इरानद्वारा २१ जनालाई मृत्युदण्ड, ४ हजारलाई पक्राउ
प्रतिकूल मौसमका कारण हवाई उडान प्रभावित
ओमानसँग नेपाल १०२ रनले पराजित
पर्वतको लुङ्खु – हुवास सडक कालोपत्र सम्पन्न
सरकारले सुकुम्बासीमाथि कारबाही गर्दा पूर्वतयारी नपुगेको महसुस भयाे : महामन्त्री पौडेल
इरानका राष्ट्रपतिले भने – दबाबमा परेर वार्ता गर्दैनौं
निजामती सेवा ऐनको मस्यौदामा निजामती ट्रेड युनियनहरूको आपत्ति : आन्दोलनको घोषणा
नेकपाका सात प्रदेश इन्चार्ज चयन : पूर्व माओवादीबाट दुई मात्रै
बच्चाको खातामा पाँच हजार’ कार्यक्रमः स्थानीयको सहभागिता न्यून
प्रतिक्रिया