पुनः बस्ने गरी देउवा निवासको तीन दलको बैठक सकियो

काठमाडौँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा निवास बुढानीलकण्ठमा बसेको प्रमुख तीन दलको बैठक सकिएको छ । बैठकमा सभापति देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ जनता समाजवादी पार्टी (जसपा)का नेता उपेन्द्र यादव सहभागी भएका थिए ।
सोमबार प्रतिनिधिसभा बैठकको विशेष अधिवेशनमार्फत प्रधानमन्त्री केपी शर्मा ओलीको सरकार विघटन भएसँगै बहुमतको सरकार बनाउन प्रमुख प्रतिपक्षी दल बैठकमा जुटेको हो । प्रधानमन्त्री ओलीको सरकारले प्रतिनिधिसभाबाट विश्वासको मत गुमाएसँगै नयाँ सरकार गठन गर्न बाटो खुलेको हो ।
प्रधानमन्त्रीले आफ्नो पक्षमा विश्वासको मतदान गर्न सबै दललाई आह्वान गरे पनि सत्तारुढ दलकै माधवकुमार नेपाल समूहका २८ जनाले प्रतिनिधिसभा बैठकमा सहभागी भएका थिएनन् । अघोषित रुपमा प्रतिपक्षी दललाई सहयोग गरेको नेपाल समूह सभापति देउवा निवासको बैठकमा भने सहभागी नभएको स्रोतले जानकारी दिए ।
तीन दलको बैठक सकिएसँगै कांग्रेसको पदाधिकारी बैठक बस्ने भएको छ । त्यसपछि पनि प्रमुख प्रतिपक्षीहरूबीच छलफल हुने स्रोतले जानकारी दिए ।
















सुकुम्वासी सेल्टरका २३ बिरामीलाई वीर र कान्ति रिफर
पूर्व–पश्चिम राजमार्गमा सवारी दुर्घटना हुँदा एक जनाको मृत्यु
यस्तो छ आजका लागि कृषिउपजको मूल्य
सुरक्षित, समावेशी तथा दिगो ‘डिजिटल इकोसिस्टम’ निर्माण सरकारको प्रमुख प्राथमिकता हो : सञ्चारमन्त्री
आठ वर्षपछि प्रियंकाले देखिन् उज्यालो संसार
हर्क साम्पाङले मागे प्रधानमन्त्रीको राजीनामा
शिवम् सिमेन्टद्वारा विशेष क्षमता भएका बालक सन्देश बुढा मगरलाई शैक्षिक सहयोग
प्रधानमन्त्री रहमान द्वारा ढाकालाई स्वच्छ सहर बनाउने लक्ष्यसहित १२ बुँदे योजना सार्वजनिक
अष्ट्रेलियामा विमान दुर्घटना हुँदा दुई जनाको मृत्यु, ११ घाइते
वीरगञ्ज हुँदै भित्रियो २६ अर्ब १३ करोडको सवारीसाधन र पार्टपुर्जा
प्रतिक्रिया