आइतबार, चैत २९, २०८२

अलास्कामा ट्रम्प–पुटिन शिखर सम्मेलन अघि संवेदनशील अमेरिकी कागजात चुहावट

मेरोन्यूज २०८२ भदौ १ गते ८:४६

अमेरिका । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र रूसी राष्ट्रपति भ्लादिमिर पुटिन बीच हिँजाे अलास्काको एंकोरेजमा भएको ऐतिहासिक शिखर सम्मेलन सुरु हुनुभन्दा केही घण्टा अघि नै ठूलो सुरक्षा लापरबाही भएको छ।

Advertisement
nepal life insurencenepal life insurence

हाेटेल क्याप्टैन कुककाे सार्वजनिक प्रिन्टरमा अमेरिकी राज्य विभागका ८ पृष्ठका संवेदनशील कागजातहरू भेटिएका हुन्। कागजातमा ट्रम्प र पुटिन बैठक तालिका र समय ,अमेरिकी अधिकारीहरूको सम्पर्क नम्बर, भोजको मेनु, पुटिनलाई दिने उपहार (बोल्ड ईगल मूर्ति), पुटिनलाई सम्बोधन गर्ने तरिका उल्लेख थियाे ।

अमेरिकी स्टेट डिपार्टमेन्टले भनेको छ –“ऐतिहासिक शान्ति वार्ताको सट्टा, मिडियाले लन्च मेनुलाई ठूलो मुद्दा बनाएको छ। यो हास्यास्पद हो।” तर आलोचकहरू यो घटना अमेरिकी कूटनीतिक प्रणालीमै ठूलो सुरक्षा कमजोरी को प्रमाण रहेकाे बताएका छन् ।

प्रतिक्रिया