गाजामा ५० बन्धकमध्ये २० जना मात्र जीवित रहेकाे आशंका, मुक्तिको माग गर्दै हड्ताल

गाजामा हमास लडाकूहरूले बन्धक बनाएर राखेका व्यक्तिहरूको रिहाइको मागसहित इजरायलमा आइतबार प्रदर्शनकारीहरूले हड्ताल गरेका छन् । हड्तालका कारण यातायात अवरुद्ध भए भने र धेरै व्यवसाय तथा कार्यालयहरू पनि बन्द भए ।
यस हड्तालले केही हप्ताअघि लडाकूहरूले बन्धकहरूको भिडियो सार्वजनिक गरेको र इजरायलले नयाँ आक्रमणको सङ्केत दिएको परिस्थितिलाई झन् तताएको छ ।
प्रदर्शनकारीहरूले गाजामा रहेका ५० जना बन्धक थप युद्धका कारण जोखिममा पर्नसक्ने बताएका छन् । अनुमानअनुसार तिनीहरूमध्ये करिब २० जना मात्र जीवित छन् ।
“हामी बन्धकहरूको शवमाथि युद्ध जित्न सक्दैनौँ”, भन्ने नारा लगाउँदै उनीहरूले सम्झौताको माग गरेका छन् । बन्धक तथा बेपत्ता परिवार फोरमद्वारा आयोजित कार्यक्रममा सहभागी आमा अनात एङ्ग्रेस्टले भने, “आज हामी सबै कुरा रोक्छौँ—दायाँ, बायाँ वा केन्द्र जहाँसुकै भए पनि—जीवनको मूल्य सम्झन र बन्धकहरूलाई फर्काउन ।”
हालैको कदमले सरकारलाई दबाबमा पारे पनि प्रधानमन्त्री बेन्जामिन नेतान्याहु अति–दक्षिणपन्थी सहकर्मीहरूको विरोधसँगै संवेदनशील सन्तुलनमा छन् । उनका कट्टर सहयोगीहरूले हमासलाई सत्तामा रहन दिने कुनै पनि सम्झौताको समर्थन नगर्ने चेतावनी दिएका छन् ।









बसिर अहमद बने एनपिएलमा अर्धशतक जोड्ने १३औँ खेलाडी
कृषि विकास बैंकलाई अन्तर्राष्ट्रिय सम्मान
प्रधानमन्त्री र जेन-जी अगुवाबीच भेटवार्ता
खाडी मुलुक जाने श्रमिकका लागि हवाइ भाडादरमा छुट
कर्णालीविरुद्ध विराटनगरको रोमाञ्चक जीत
के पाकिस्तानका पूर्व प्रधानमन्त्री इमरान खानको जेलभित्रै हत्या भएकाे हाे ?
एनपिएलः अपराजित विराटनगर किङ्ग्सको यात्रामा चितवन राइनोजले लगायाे ब्रेक
एनपीएलमा आज विराटनगर र चितवन खेल्दै
शेख हसिनालाई मृत्युदण्डको सजायविरुद्ध देशव्यापी विरोध प्रदर्शन गर्ने घोषणा
प्रतिक्रिया