‘कुनै पनि प्रहरीलाई एरिया हदमा राखिएको छैन’

काठमाडौँ। प्रहरी प्रधान कार्यालय प्रहरी महानिरीक्षकको सचिवालयले कुनै पनि प्रहरीलाई ‘एरिया हद’ (एक प्रकारको नजरबन्द) मा नराखिएको स्पष्ट पारेको छ।
केही मिडिया तथा सामाजिक सञ्जालमा ‘१३ जना प्रहरी कर्मचारीलाई प्रहरी प्रधान कार्यालयको उजुरी छानबिन शाखाले एक नम्बर गणभित्र एरिया हद तोकेर एक वर्षभन्दा बढी समयदेखि गैरकानुनी रूपमा राखिएको छ’ भन्ने कुरा सार्वजनिक भएको विषयमा सत्यता नभएको प्रहरी प्रवक्ता, प्रहरी नायव महानिरीक्षक विनोद घिमिरेले बताए।
उनले आज (आइतबार) एक विज्ञप्ति जारी गरी उक्त समाचारका सम्बन्धमा नेपाल प्रहरी प्रधान कार्यालयको गम्भीर ध्यानाकर्षण भएको र उक्त समाचारमा उल्लेख भएअनुसारका कुनै पनि प्रहरी कर्मचारीलाई नजरबन्दमा नराखिएको जानकारी गराएका हुन्।
प्रहरी आचरण विपरीत काम गर्ने केही प्रहरी कर्मचारीको सम्बन्धमा पटक–पटक आम सर्वसाधारणबाट गुनासा तथा उजुरी प्राप्त भएकाले निजहरूलाई प्रहरी नियमावलीबमोजिम आवश्यक छानबिन गर्न प्रहरी प्रधान कार्यालय, सुपरिवेक्षण तथा अनुगमन महाशाखाले झिकाई अनुसन्धान गरिरहेको प्रहरी नायव महानिरीक्षक घिमिरेले जानकारी दिए। उनले विज्ञप्तिमा नेपाल प्रहरी कानुन कार्यान्वयन तथा मानव अधिकारको संरक्षण र सम्वर्द्धनमा सदैव प्रतिबद्ध रहेको उल्लेख गरेका छन्।

















गृहमन्त्री अर्यालद्वारा ‘जेनजी’ युवाहरुको अनशन तोडाइयो
‘UAE always ready for humanitarian aid’
‘मानवीय सहयोगका निम्ति युएई सदा तत्पर छ’
विमानस्थलबाट विदेशी मुद्रासहित स्वीडिस नागरिक पक्राउ
काठमाडौँका २५० उम्मेदवारमध्ये २१९ ले खोले बैंक खाता
पोखरादेखि ३४ यात्रु लिएर बेलुका ७ बजे छुटेको थियो धादिङमा दुर्घटनामा परेको बस
रास्वपा पहिराे जाने क्रम राेकिएन : आजै दुई नेताले पार्टी छाडे
३२ सयले बढ्यो सुनको भाउ, आज तोलाको कति ?
बालेनप्रति ओलीको कटाक्ष- बच्चालाई के बन्ने भनेर सोध्दा प्रधानमन्त्री भन्नसक्छ
अमेरिकी ‘सीमित आक्रमण’ पनि पूर्ण आक्रमणकाे रुपमा लिनेछाैँ : इरान
प्रतिक्रिया