पूर्व राजा कोरोना मुक्त, रानीको अवस्था सामान्य बन्दै

काठमाडौँ । पूर्व राजा ज्ञानेन्द्र शाह कोरोना भाइरस (कोभिड–१९) संक्रमणमुक्त भएका छन् । थापाथलीस्थित नर्भिक अस्पतालमा उपचाररत उनी कोरोना संक्रमणमुक्त भएका हुन् । अस्पतालले मंगलबार विज्ञप्ति जारी गर्दै पूर्व राजा कोरोना मुक्त भएको जनाएको छ ।
दुई दिनअघि पुनः स्वाब परीक्षण गरिएको र त्यसको रिपोर्ट नेगेटिभ आएको अस्पताले जारी विज्ञप्तिमा उल्लेख गरिएको छ । पूर्व अधिराजकुमारी प्रेरणा शाहको कोरोना रिपोर्ट यसअघि नै नेगेटिभ आइसकेको अस्पतालले जनाएको छ ।
यस्तै, कोरोना संक्रमण भई १८ दिनअघि नर्भिकमा भर्ना भएकी पूर्व रानी कोमल शाहलाई प्लाज्मा थेरापी विधिबाट उपचार थालिएको थियो । उनको अवस्थामा सुधार भएपछि हाल वार्डमा उपचार जारी राखिएको अस्पतालले जनाएको छ ।
पछिल्लो समय उनलाई दिँदै आएको अक्सिजनको मात्रा समेत घटाउँदै लगिएको छ । उनको अवस्थामा दैनिक र क्रमिक सुधार भइरहेको अस्पतालले जनाएको छ ।










दुई खर्ब ७५ अर्ब बक्यौता कर असुली हुन बाँकी
चितवनविरुद्ध पहिला ब्याटिङ गर्दै कर्णाली
आहा ! फुङ्फुङ्गे झरना
६ लाख २० हजार नयाँ मतदाता थपिए
पशुपतिनाथको नागमणि प्रदर्शन
भण्डारीले गरे नेपाली समाज टेक्सासको अध्यक्षमा उमेदवारी घोषणा
एनपिएलको तयारी पूरा
प्रतिनिधि सभा निर्वाचनका लागि उम्मेदवारी दर्ता माघ ६ गते
मृत्युदण्डको सजायपछि शेख हसिनाले के भनिन् ?
जनसभाका लागि एमालेका केन्द्रीय नेता जिल्लामा
प्रतिक्रिया