ट्रम्पविरुद्धको ४६ करोड डलर जरिवानाको सजाय उल्टियो

अमेरिकी एक अदालतले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको व्यक्तिगत सम्पत्तिमा कपटपूर्ण तरिकाले बढी जरिवाना लगाएको भनी गरेको अपिलमाथि सुनुवाई गर्दै यसअघि उनी माथि लगाएको ४६ करोड ४० लाख अमेरिकी डलरको नागरिक दण्ड सजाय उल्टाइदिएको छ ।
न्यायाधीश आर्थर एन्गोरोनले सन् २०२४ फेब्रुअरीमा ट्रम्पविरुद्ध फैसला सुनाउँदै ट्रम्पलाई ब्याजसहित ४६ करोड ४० लाख अमेरिकी डलर तिर्न आदेश दिएका थिए भने उनका छोराहरु एरिक र डन जुनियर प्रत्येकलाई ४० लाख डलर भन्दा बढी रकम बुझाउन भनिएको थियो ।
न्यायाधीश एन्गोरोनले ट्रम्प र उहाँको कम्पनीले गैरकानुनी रूपमा आफ्नो सम्पत्ति वृद्धि गरेको र अनुकूल बैङ्क ऋण वा बीमा सर्तहरू प्राप्त गर्न सम्पत्तिको मूल्यमा हेरफेर गरेको ठहर गरेका थिए ।
बिहीबार न्युयोर्कको सर्वोच्च अदालतको अपिल महाशाखाले उक्त फैसलालाई सदर गरेको थियो, तर जरिवानाको आकार ‘अत्यधिक’ भएको र यसले ‘संयुक्त राज्य अमेरिकाको संविधानको आठौं संशोधनको उल्लङ्घन’ गरेको फैसला सुनाएको थियो। ट्रम्पविरूद्धको मुद्दा दर्ता गराएका राज्यका महान्यायाधिवक्ता लेटिटिया जेम्सले अब राज्यको सर्वोच्च अदालत ‘न्युयोर्क कोर्ट अफ अपिल्स’मा अपिल गर्न सक्नेछन् ।
प्रारम्भिक फैसला पछि ट्रम्पले पछि नागरिक निर्णयको साथसाथै दण्डको आकार र सर्तहरूलाई चुनौती दिने प्रयास गर्दै गरेको अपिलमा ब्याज पाउनु पर्ने दावी गरेका छन्। उनले पटक–पटक मुद्दा र सजायलाई राजनीतिबाट प्रेरित भएको भन्दै निन्दा गर्दै आएका छन्।
पूर्ण जित– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो व्यक्तिगत सम्पत्तिमा कपटपूर्ण तरिकाले वृद्धि गरेको ठहर गर्दै एक न्यायाधीशले लगाएको ४६ करोड ४० लाख अमेरिकी डलरको नागरिक जरिवानालाई बिहीबार खारेज गरिदिएको छ । उनले यसलाई ‘पूर्ण विजय’ को संज्ञा दिएकाे छ । ट्रम्पले आफ्नो ट्रुथ सोसल प्लेटफर्ममा भनेका छन्, “यो व्यवसायिक अर्थमा एक राजनीतिक प्रतिशोध थियो जुन पहिले कसैले देखेको थिएन।
















होर्मुजमा अमेरिकी सेनालाई ‘घातक भुँमरी’मा फसाउने इरानी चेतावनी
मन्त्रीहरुको सम्पत्ति विवरण सार्वजनिक, प्रधानमन्त्री बालेन्द्र शाहको सम्पत्ति कती ?
अमेरिका–इरानबिच थप वार्ताका लागि आग्रह
राष्ट्रिय रग्बी सेभेन्स च्याम्पियनसिप : पुरुषतर्फ एपीएफ र महिलातर्फ आर्मी च्याम्पियन
पेट्रोलियम पदार्थको भारी मूल्यवृद्धि, ग्याँसको मूल्य पनि बढ्यो
पार्टीमा एकता र अनुशासनको खाँचो छ : सभापति थापा
अमेरिका–इरानबीच लगातार १४ घण्टा वार्ता, के भयो सहमति ?
गौशालाबाट लागुऔषधसहित दुई जना पक्राउ
वैदेशिक रोजगार विभागका सुब्बा घुससहित समातिए
प्रतिक्रिया