टप एण्ड ट्वान्टी: नेपालले पाकिस्तान शाहिन्ससँग १ रनले हार्यो

काठमाडौं- अस्ट्रेलियामा जारी टप एण्ड ट्वान्टी–२० शृङ्खलाअन्तर्गत शुक्रबार भएको खेलमा पाकिस्तान शाहिन्ससँग नेपाल १ रनले पराजित भएको छ ।
अष्ट्रेलियाको डार्विनस्थित मरारा क्रिकेट मैदान–२ मा भएको आजकाेखेलमा पाकिस्तान शाहिन्सले टस जितेर पहिला ब्याटिङ रोजेको थियो ।उसले निर्धारित २० ओभरमा नौ विकेट गुमाउँदै दिएको एक सय ४४ रनको लक्ष्य पछ्याएको नेपाल ७ विकेट गुमाउँदै १४३ रनमा समेटियो।
जितनजिक पुगिसकेको अवस्थामा नेपाल अन्तिम ओभरमा लड्खडायो । अन्तिममा २ विकेट गुमाएपछि नेपालले पराजय भोग्यो। नेपालका लागि कप्तान रोहित पौडेलले ५२ रनको अर्धशतकीय पारी खेले । उनले ४४ बलमा ६ चौका र १ छक्का हाने ।उता दीपेन्द्रसिंह ऐरी ४१ रनमा रनआउट रहे। दीपेन्द्रले २१ बलमा २ चौका र १ छक्का हाने। अन्तिम बलमा दीपेन्द्र रनआउट हुँदा नेपालले यो सिरिजमा चौथो हार सामना गर्यो ।
नेपालका लागि आशिफ शेखले २७ रनको योगदान दिए । अन्यको स्कोर सम्झिनलायक रहेन ।
जित निकालेको साहिन्साका लागि कप्तान इरफान खान ४२ रन बनाउँदै नटआउट रहे । उता अब्दुल समदले २६ रन बनाए । मोहम्मद वसिमले २४ रन बनाए ।
ओपनर यासिर खानले १८ रन जोडे। साहिन्सालाई सस्तैमा रोक्ने क्रममा नेपालका सोमपाल कामीले ३ विकेट झारे।
दीपेन्द्रसिंह ऐरीले समान दुई/दुई विकेट लिँदा कुशल भुर्तेलले एक विकेट झारे । यससँगै ६ खेल खेलेको नेपालले चार खेलमा हार र दुई खेलमा जित हासिल गरेको छ ।
नेपालले नर्दर्न टेरिटोरी स्ट्राइकरसँग ४२, बङ्गलादेश ‘ए’ सँग ३२ र मलेबर्न स्टार्स एकेडेमीसँग ३१ रनले पराजित भएको थियो ।
त्यस्तै नेपालले होबर्ट हुरिक्यान्स एकेडेमीविरुद्ध ६६ र मेलबर्न रेनेगेड्स एकेडेमीविरुद्ध ३३ रनको जित निकालेको थियो ।
















इरान वार्तामा फर्कने वा नफर्कने विषयमा मलाई कुनै मतलव छैन – ट्रम्प
वार्ता असफल भएसँगै विश्वबजारमा अत्याधिक बढ्न थाल्यो तेलको मुल्य
नयाँ वर्षका अवसरमा मस्कोमा सांस्कृतिक कार्यक्रम सम्पन्न
कालीगण्डकी जलविद्युत् आयोजना ६४० मेगावाटको हुने
यस्तो छ आजको विदेशी मुद्रा विनिमयदर
वैदेशिक रोजगार विभागका सुब्बा घुससहित समातिए
अमेरिका–इरानबीच लगातार १४ घण्टा वार्ता, के भयो सहमति ?
उपसभामुख ठाकुरले लिइन् शपथ
गौशालाबाट लागुऔषधसहित दुई जना पक्राउ
पार्टीमा एकता र अनुशासनको खाँचो छ : सभापति थापा
प्रतिक्रिया