इजरायलबाट फर्किएर विपिनको आमा र बहिनीले भेटे प्रधानमन्त्रीलाई
मेरोन्यूज
२०८२ भदौ ७ गते १६:०९

काठमाडौं ।इजरायलमा सशस्त्र समूह हमासले बन्धक बनाएका कञ्चनपुरका विपिन जोशीका आमा र बहिनीले प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेट गरेका छन् । इजरायलबाट फर्किएर आमा पद्मा र बहिनी पुष्पाले शनिबार प्रधानमन्त्री ओलीसँग भेट गरेका हुन् ।
उनीहरूसँगको तस्बिर प्रधानमन्त्री ओलीले सामाजिक सञ्जाल फेसबुकमार्फत् सार्वजनिक गरेका छन् । उनले विपिन रिहाइको पहलका लागि सरकारले कुनै पनि कसर बाँकी नराखेको पनि उल्लेख गरेका छन् ।
‘विपिन जोशीकी आमा पद्मा र बहिनी पुष्पा इजरायलबाट फर्केपछि उहाँहरुसँग भेट भयो । विपिनको सकुशल रिहाइको पहल गर्ने सिलसिलामा नेपाली दूतावासको समन्वयमा इजरायली राष्ट्रपति र त्यहाँको संसदका अध्यक्षसँग भेटेर फर्कनु भएको थियो । विपिनको रिहाइका पहलका लागि सरकारले कुनै पनि कसर बाँकी राखेको छैन,’ प्रधानमन्त्रीले लेखेका छन् ।
https://www.facebook.com/share/p/19dTD2dHjU/
सम्बन्धित















विश्वकप अभ्यास : अन्तिम खेलमा श्रीलंकामाथि नेपालको शानदार जित
राष्ट्रियसभा निर्वाचनः दुई सिटका लागि बागमती र गण्डकीमा छ / छ जना प्रतिस्पर्धामा
राष्ट्रियसभा सदस्य निर्वाचनः आज सातै प्रदेशमा मतदान हुँदै
नेपाल राष्ट्र बैंकले आज (आइतबारका)का लागि निर्धारण गरेको विदेशी मुद्राको विनिमयदर
महिला विश्वकप ग्लोबल छनोट : नेपालकाे लगातार दोस्रो हार
महिला टी–२० विश्वकप ग्लोबल छनोट : लगातार तेस्रो जितसँगै बंगलादेश सुपर सिक्समा
गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार घोषणा गर्दै कांग्रेस
मनाङमा एमाले र राप्रपाका उम्मेदवारले फिर्ता लिए उम्मेदवारी
प्रतिक्रिया