पूर्वरानी कोमलको स्वास्थ्य सुधार
मेरोन्यूज
२०७८ वैशाख २८ गते १९:१३

काठमाडाैं । पूर्वरानी कोमल शाहको स्वास्थ्यावस्थामा लगातार सुधार भइरहेको छ । नर्भिक इन्टरनेशल अस्पतालमा उपचाररत उनको स्वास्थ्यावस्थामा सुधार आएपछि केही दिनदेखि सघन उपचार कक्षबाट शय्या सारेर उपचार भइरहेको छ ।
अस्पतालका कर्पोरेट कम्युनिकेशन प्रमुख सोमनाथ बाँस्तोलाले पूर्व रानीको स्वास्थ्यमा सुधार आएपछि अक्सिजनको मात्रासमेत घटाउँदै लगिएको जानकारी दिए । उनका अनुसार पूर्वराजा ज्ञानेन्द्र, पूर्वरानी कोमल र पूर्वअधिराजकुमारी प्रेरणा शाह कोरोना सङ्क्रमणमुक्त भएका छन् ।
उनीहरु तीनै जनाको पिसिआर परीक्षणका क्रममा नेगेटिभ रिपोर्ट आएको छ । पूर्वरानीको प्लाज्माथेरापी विधिबाट उपचार थालिएको थियो । यस्तै सङ्क्रमणमुक्त भएपछि पूर्वराजा शाहलाई अक्सिजन दिन छाडिएको अस्पतालले जनाएको छ ।
सम्बन्धित
















सभामुख र उपाध्यक्षको निर्वाचन कार्यतालिका सार्वजनिक
बादलको अभिव्यक्ति पार्टी नीति विपरीत छ : विष्णु पौडेल
मध्यपूर्व युद्ध अन्त्यका विषयमा रुसी राष्ट्रपति पुटिन र साउदी राजकुमारबिच वार्ता
मुस्ताङमा तीन महिनामा ४३ हजार पर्यटक भित्रिए
एमालेको केन्द्रीय कमिटी निर्वाचन आयोगमा अद्यावधिक
स्वास्थ्य बिमाबारे छलफलमा स्वास्थ्यमन्त्री मेहता
गृहमन्त्री गुरुङले गरे सशस्त्रका आईजीपी अर्यालसँग छलफल
ओली पक्राउको विरोधमा एमालेले देशव्यापी प्रदर्शन गर्ने
ठगीको अभियोगमा एक जना पक्राउ
भोलिदेखि नेपाल–चीन जोड्ने रसुवागढी नाका बन्द हुने
प्रतिक्रिया