मोदीले किन उठाएनन् ट्रम्पकाे फोन ?

काठमाडौँ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पकाे फोन कल उठाउन अस्वीकार गरेका छन् ।
जर्मनीको अखबार Frankfurter Allgemeine Zeitung (FAZ) काे दाबी अनुसार ट्रम्पले बारम्बार (चारपटक) फोन कल गर्दा पनि माेदीले उठाएका छैनन् ।
रिपोर्टअनुसार पछिल्ला केही हप्तामा राष्ट्रपति ट्रम्पले पटक–पटक प्रधानमन्त्री मोदीसँग कुरा गर्न खोजेपनि उनले कल नउठाएको उल्लेख छ । अखबारले यसलाई ‘मोदीको आक्रोश र सतर्कता दुवैको संकेत’ भन्दै व्याख्या गरेको छ ।
FAZ को दाबीअनुसार भारत–अमेरिका सम्बन्ध अहिले चिसिँदै गएको छ, जसको प्रमुख कारण ट्रम्प प्रशासनले भारतीय सामानमा शुल्क वृद्धि गर्दै ५०% सम्मको शुल्क लगाएको विषय हाे । उक्त शुल्क आजबाट लागू भइसकेकाे छ ।
यस अवस्थामा मोदी सरकार अमेरिकी दबाबमा नझुकेर आफ्नो हितलाई प्राथमिकता दिइरहेको सन्देश दिन खोजिरहेको धेरैकाे विश्लेषण छ।
एक भारतीय कूटनीतिक अधिकारीले लेखेका छन्— “मोदी फोनमा लामो कुरा गर्न मन पराउँदैनन्, विशेषगरी सानातिना विषयमा”।
यद्यपि भारतको परराष्ट्र मन्त्रालय (MEA) वा अमेरिकी प्रशासन दुवैले भने अहिलेसम्म आधिकारिक प्रतिक्रिया दिएका छैनन् ।
















स्वास्थ्य बिमाबारे छलफलमा स्वास्थ्यमन्त्री मेहता
सुधारका कार्ययोजना ल्याउन सञ्चारमन्त्री तिमिल्सिनाको निर्देशन
जनताको हितलाई केन्द्रमा राखेर संविधान संशोधन हुनुपर्छः नेता खड्का
Malekhu-Muglin road to be closed for six hours at night from today
इजरायली आक्रमणमा इरानी विश्वविद्यालयमा क्षति
एमाले अध्यक्ष ओलीको पित्तथैलीमा पत्थरी, अस्पतालमा नै राखेर उपचार गरिने
खड्का-कोइराला समूहले कांग्रेसका सांसदकाे छुट्टै बैठक डाक्याे
कुन विदेशी मुद्रा कतिमा कारोबार हुँदैछ आज ?
विद्यालय र विश्वविद्यालयबाट विद्यार्थी संगठन हटाउने
पूर्वगृहमन्त्री लेखक पक्राउ परेपछि देउवा र कोइराला पक्षका नेता छलफलमा
प्रतिक्रिया