मोदीले किन उठाएनन् ट्रम्पकाे फोन ?

काठमाडौँ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पकाे फोन कल उठाउन अस्वीकार गरेका छन् ।
जर्मनीको अखबार Frankfurter Allgemeine Zeitung (FAZ) काे दाबी अनुसार ट्रम्पले बारम्बार (चारपटक) फोन कल गर्दा पनि माेदीले उठाएका छैनन् ।
रिपोर्टअनुसार पछिल्ला केही हप्तामा राष्ट्रपति ट्रम्पले पटक–पटक प्रधानमन्त्री मोदीसँग कुरा गर्न खोजेपनि उनले कल नउठाएको उल्लेख छ । अखबारले यसलाई ‘मोदीको आक्रोश र सतर्कता दुवैको संकेत’ भन्दै व्याख्या गरेको छ ।
FAZ को दाबीअनुसार भारत–अमेरिका सम्बन्ध अहिले चिसिँदै गएको छ, जसको प्रमुख कारण ट्रम्प प्रशासनले भारतीय सामानमा शुल्क वृद्धि गर्दै ५०% सम्मको शुल्क लगाएको विषय हाे । उक्त शुल्क आजबाट लागू भइसकेकाे छ ।
यस अवस्थामा मोदी सरकार अमेरिकी दबाबमा नझुकेर आफ्नो हितलाई प्राथमिकता दिइरहेको सन्देश दिन खोजिरहेको धेरैकाे विश्लेषण छ।
एक भारतीय कूटनीतिक अधिकारीले लेखेका छन्— “मोदी फोनमा लामो कुरा गर्न मन पराउँदैनन्, विशेषगरी सानातिना विषयमा”।
यद्यपि भारतको परराष्ट्र मन्त्रालय (MEA) वा अमेरिकी प्रशासन दुवैले भने अहिलेसम्म आधिकारिक प्रतिक्रिया दिएका छैनन् ।















राष्ट्रियसभा निर्वाचनः दुई सिटका लागि बागमती र गण्डकीमा छ / छ जना प्रतिस्पर्धामा
राष्ट्रियसभा सदस्य निर्वाचनः आज सातै प्रदेशमा मतदान हुँदै
नेपाल राष्ट्र बैंकले आज (आइतबारका)का लागि निर्धारण गरेको विदेशी मुद्राको विनिमयदर
महिला विश्वकप ग्लोबल छनोट : नेपालकाे लगातार दोस्रो हार
महिला टी–२० विश्वकप ग्लोबल छनोट : लगातार तेस्रो जितसँगै बंगलादेश सुपर सिक्समा
गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार घोषणा गर्दै कांग्रेस
मनाङमा एमाले र राप्रपाका उम्मेदवारले फिर्ता लिए उम्मेदवारी
प्रतिक्रिया