साहित्यकार ज्ञाननिष्ठ ज्ञवालीको खण्डकाव्य ‘आमा’ सार्वजनिक

काठमाडौं । वैशाख कृष्ण औंसी अर्थात मातृ सम्मान दिवस एवं आमाको मुख हेर्ने पर्वको अवसर पारेर साहित्यकार उपप्राध्यापक ज्ञाननिष्ठ ज्ञवालीको खण्डकाव्य ‘आमा’ सार्वजनिक गरिएको छ ।
कोरोनाबाट बच्न जारी निषेधाज्ञाका बीच आमाको मुख हेर्ने औंसी अर्थात मातृ सम्मान दिवसको अवसर पारेर साहित्य वाटिका नेपालले जुम प्रविधिबाट मङ्गलबार आयोजना गरेको कार्यक्रममा लेखककी आमा ८२ वर्षीया इन्दिरा ज्ञवालीले पुस्तक सार्वजनिक गरेकी हुन् ।
कार्यक्रममा प्रा. डा. बद्रीविशाल भट्टराईले केही सर्गलाई बढाएर र केहीलाई छोट्याएर खण्डकाव्यलाई अझ परिस्कृत गर्न सकिने सुझाव दिए ।
‘आमा’माथि समीक्षात्मक मन्तव्य राख्दै डा. शान्तिमाया गिरीले जन्मदाता र जन्मभूमिप्रतिको सम्मानभाव खण्डकाव्यमा प्रकट गरिएको बताए । जन्म दिने आमा र जन्मभूमि स्वर्गभन्दा पनि प्यारा हुन्छन् भन्ने रामायणको वाक्यलाई खण्डकाव्यले पछ्याएको उनले बताए ।
मातृ सम्मान दिवसको अवसर पारेर सार्वजनिक गरिएको आमा खण्डकाव्यका विषयमा समीक्षा गर्दै साहित्यकार सीता भट्टराईले आमालाई जन्मभूमिसँग तुलना गरिएको, सृष्टिकर्ता र त्यागको प्रतिमूर्तिका रुपमा आमालाई खण्डकाव्यमा वर्णन गरिएको बताइन् ।
खण्डकाव्यका लेखक कवि ज्ञवालीले नयाँ भेरियन्टसहितको कोरोनाका कारण निषेधाज्ञा जारी रहे ‘बा’ खण्डकाव्य पनि तयार पार्ने प्रतिबद्धता जनाए ।
धर्तीका सबै माताका विषयमा खण्डकाव्यमा उल्लेख गरिएको छ । पाँचौं सर्गमा आफ्नी आमाको विषयमा कविले चर्चा गरेका छन् ।
कार्यक्रममा सह प्राध्यापक प्रभा भट्टराई, कवि अमर रोका, प्रकाशक केशव अधिकारी, कवि बलराम दाहाल, कवयित्री भैरवी भूगोल ढुङ्गानालगायतले खण्डकाव्यका विषयमा मन्तव्य राख्दै कवितासमेत वाचन गरेका थिए । लेखकका हालसम्म २० कृति बजारमा आइसकेको छ ।
















अमेरिकी युद्धपोत ‘अब्राहम लिंकन’माथि आक्रमण गर्ने इरानको घोषणा
इजरायलमा इरानी आक्रमणपछि खतरनाक रसायन र ग्यास चुहावटको आशंका
सुशासन मार्गचित्रः नतिजामुखी बजेट र पारदर्शी कर प्रणालीमा जोड
खड्का-कोइराला समूहले कांग्रेसका सांसदकाे छुट्टै बैठक डाक्याे
दीपक खड्कालाई सात दिन हिरासतमा राख्न अनुमति
वादी समुदायबाट पहिलो मन्त्री बनिन् सीता, यस्ताे छ उनकाे संघर्षपूर्ण राजनीतिक यात्रा
को हुन् श्रममन्त्री बनेका दीपककुमार साह ?
महान्यायाधिवक्ता भण्डारीले दिइन् राजीनामा
कर्मचारीलाई प्रधानमन्त्री बालेनको निर्देशन- कुनै पनि बाहना बनाएर काममा ढिलासुस्ती नगर्नु
यस्ता छन् बालेन सरकारकाे पहिलो मन्त्रिपरिषदका ४ निर्णय (भिडियाे)
प्रतिक्रिया