हिमालयन जाभामा एनआईबीएल इक्विटी पार्टनर्सको २८.८% हिस्सेदारी

काठमाडौं । एनआईबीएल इक्विटी पार्टनर्सले हिमालयन जाभामा २८.८ प्रतिशत लगानी गरेको छ । यससम्बन्धी सम्झौतामा बिहीबार नक्सालस्थित एक कार्यक्रममा हस्ताक्षर भएको छ ।
सम्झौतामा एनआईबीएल इक्विटी पार्टनर्सका प्रमुख कार्यकारी अधिकृत शिवान्त बहादुर पाँडे र हिमालयन जाभाका संस्थापक गगन प्रधानले हस्ताक्षर गरेका हुन् । यस लगानीको मुख्य उद्देश्य हिमालयन जाभा जस्तो नेपाली ब्रान्ड र मौलिकतालाई विश्व बजारमा पुर्याउनु रहेको छ ।
एनआईबीएल इक्विटी पार्टनर्सका प्रमुख कार्यकारी अधिकृत शिवान्त बहादुर पाँडेले यो लगानीले नेपाली व्यवसायलाई विश्व बजारमा प्रतिस्पर्धा गर्न थप सक्षम बनाउने विश्वास व्यक्त गरे । उनले हिमालयन जाभालाई अन्तर्राष्ट्रिय बजारमा स्थापित गर्न आफ्नो कम्पनी प्रतिबद्ध रहेको बताए ।

हिमालयन जाभाका संस्थापक गगन प्रधानले एनआईबीएल इक्विटी पार्टनर्सको लगानीले विश्व बजारमा पुग्न थप हौसला मिलेको बताए । उनले भने, “यो साझेदारी हाम्रो यात्राको एक महत्वपूर्ण मोड हो । स्वदेशमै रोजगारी सिर्जना गर्ने र व्यावसायिक तालिममार्फत दिगो वृद्धि हासिल गर्न हामी प्रतिबद्ध छौं ।”
यो साझेदारीको मुख्य लक्ष्य नै हिमालयन जाभालाई एशिया र अष्ट्रेलियाबाट सुरु गरी विश्व बजारमा विस्तार गर्नु रहेको छ । यसका साथै, नेपालभित्र नयाँ आउटलेटहरू खोल्न पनि यस लगानीले सहयोग पुग्नेछ ।
सन् १९९९ मा स्थापना भएको हिमालयन जाभाले नेपालभर ७० भन्दा बढी आउटलेट, १८ हिमालयन जाभा एक्सप्रेस आउटलेट र दुई उच्च श्रेणीका ‘ग्यालरी बाई हिमालयन जाभा’ आउटलेटहरू सञ्चालन गर्दै आइरहेको छ ।
यो लगानीले हिमालयन जाभाको बिक्री वृद्धि, निर्यातको सम्भावना र यस क्षेत्रका किसान, रोस्टर, बरिस्टा तथा फ्रेन्चाइज चेनमा संलग्न सबैलाई महत्वपूर्ण अवसर सिर्जना हुने अपेक्षा गरिएको छ ।









प्रधानमन्त्रीको सचिवालयमा अब कति जना ?
दक्षिण अफ्रिकाद्वारा जी–२० को नेतृत्व अमेरिकालाई हस्तान्तरण
रास्वपा र विवेकशील साझाबीच एकता हुने
एनपिएलः अपराजित विराटनगर किङ्ग्सको यात्रामा चितवन राइनोजले लगायाे ब्रेक
रवी बोपरा बने एनपिएलमा ह्याट्रिक अर्धशतक हान्ने पहिलो खेलाडी
श्रीमतीसहितका नातेदारलाई सचिवालयमा नियुक्ति दिलाएका प्रधानमन्त्रीका स्वकीय सचिवलाई तत्काल बर्खास्त गर्न जेनजी फ्रन्टको माग
के पाकिस्तानका पूर्व प्रधानमन्त्री इमरान खानको जेलभित्रै हत्या भएकाे हाे ?
आज २०८२ साल मंसिर ९ गते मंगलबारको राशिफल
भियतनाममा भीषण बाढी, कम्तीमा ९० जनाको मृत्यु
बागलुङमा थपिए ५ हजार ३९३ मतदाता
प्रतिक्रिया