उड्ने वित्तिकै आगोको झिल्को देखिएपछि एयर इन्डियाको विमान आकस्मिक अवतरण
मेरोन्यूज
२०८२ भदौ १५ गते १४:४७

काठमाडौँ । दिल्लीबाट इन्दौर उडेको एयर इन्डियाको विमानमा आगोको झिल्को देखिएपछि दिल्लीमै आकस्मिक अवतरण गरिएको छ।
आइतबार बिहान इन्दौर जाँदै गरेको एयर इन्डियाको उडान एआई २९१३ उडान भरेको केही समयपछि आपत्कालीन अवस्थामा दिल्ली फर्कनु परेको थियो।विमान उड्ने वित्तिकै पाइलटले विमानको दायाँ इन्जिनमा आगो लागेको संकेत पाएपछि दिल्ली फर्काएका थिए। विमानमा ९० जना यात्रुहरू रहेको बताइएको छ।
एयर इन्डियाका प्रवक्ताले विमानलाई अनुसन्धानको लागि ग्राउन्डेड गरिएको बताएका छन्। यात्रुहरूलाई इन्दौर लैजानको लागि वैकल्पिक विमानको व्यवस्था गरिएको उनको भनाइ छ।
यस घटनाको बारेमा नियामक प्राधिकरणलाई जानकारी गराइएको छ। एयर इन्डियाले यात्रुहरूलाई परेको असुविधाप्रति माफी मागेको छ।
सम्बन्धित









चितवनमाथि काठमाडाैंको सहज जित
निर्वाचनका लागि मतदान केन्द्र निर्धारण र म्यादी प्रहरी भर्नाको तयारी
साताको शेयर बजार : कारोबार भएको पाँचै दिन बढ्यो नेप्से
काठमाडौँले चितवनलाई दियाे १४३ रनको लक्ष्य
नबिल बैंक र नेपाल इन बिजनेसबीच एसएमई कर्जा प्रदानबारे सम्झौता
के पाकिस्तानका पूर्व प्रधानमन्त्री इमरान खानको जेलभित्रै हत्या भएकाे हाे ?
दाहसंस्कारका लागि ल्याइएकी महिला कफिनभित्र जीवित भेटिएपछि…
टी-२० विश्वकप तालिका सार्वजनिक, नेपालको पहिलो खेल कुन देश संग ?
एनपिएलः अपराजित विराटनगर किङ्ग्सको यात्रामा चितवन राइनोजले लगायाे ब्रेक
प्रधानमन्त्रीको अभिव्यक्तिविरुद्ध मुस्लिम महिलाको गम्भीर आपत्ति : विरोधमा कार्यक्रम गर्दै
प्रतिक्रिया