ब्यानरमा रेशमको तस्बिरसहित रञ्जिताले राखिन् नाउपाको बैठक

काठमाडौँ । नागरिक उन्मुक्ति पार्टीको केन्द्रीय कार्यसमितिको बैठक सुरु भएको छ ।
दुई दिनसम्म चल्ने बैठकमा पार्टीको विधान संशोधन, केन्द्रीय सदस्य मनोनयन, निर्वाचन आयोगमा अद्यावधिकलगायत उपनिर्वाचनका विषयमा छलफल हुने नेताहरूले जनाएका छन् ।बैठकमा केन्द्रीय सदस्यका साथै संघ, प्रदेश र स्थानीय तहमा पार्टीका निर्वाचित प्रतिनिधिहरूको समेत सहभागिता छ । तर, पार्टीका संरक्षक रेशम चौधरी पक्ष भने बैठकमा सहभागी भएका छैनन् । बैठकमा राखिएको व्यानरमा एकातर्फ अध्यक्ष रञ्जिता श्रेष्ठ र अर्को तर्फ संरक्षक रेशम चौधरीको तस्बिर छ ।
यसअघि पार्टीका संरक्षक रेशम चौधरी पक्षको राष्ट्रिय भेलाले अध्यक्ष श्रेष्ठलाई पार्टीको अध्यक्ष र साधारण सदस्यबाट समेत हटाएर रेशमका बुवा लालबीरलाई अध्यक्ष बनाएको थियो । तर, निर्वाचन आयोगले उक्त कमिटीलाई मान्यता नदिएपछि रञ्जिता श्रेष्ठ नै अध्यक्ष कायम भएकी थिइन् ।










कर्मचारीलाई सामाजिक सुरक्षा कोषमा आवद्ध गराउन सञ्चारमन्त्रीको निर्देशन
बलिउडमा ‘नक्कली चमक’ विवाद : हेरफेर गरिएका समीक्षा र फुलाइएका अङ्कले विश्वसनीयता सङ्कट
कांग्रेसका युवा नेताहरुद्वारा ‘कांग्रेस सुधार अभियान’
पूर्व प्रधानमन्त्री शेख हसिनाको मृत्युदण्ड र बङ्गलादेशको राजनीतिक भविष्य
म्यानमारमा ठगीमा परेका ३७ नेपाली स्वदेश फर्काइए
मृत्युदण्डको सजायपछि शेख हसिनाले के भनिन् ?
जिपी कोइराला फाउन्डेशन अमेरीका च्याप्टरको आयोजनामा रक्तदान कार्यक्रम सम्पन्न
आज २०८२ साल मंसिर २ गते मंगलबारको राशिफल
बंगलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनालाई मृत्युदण्डको सजाय
आज २०८२ साल मंसिर १ गते सोमबारको राशिफल
प्रतिक्रिया