चाडपर्वलाई लक्षित गर्दै डेल्टा अटोकर्पले ल्यायो ‘डबल या तेब्बर बबाल !’ अफर

काठमाडौं । नेपालका लागि भेस्पा एप्रिलिया स्कुटरका आधिकारिक वितरक डेल्टा अटोकर्प प्रालिले दसैँ, तिहार तथा छठ पर्वको अवसरमा ‘डबल या तेब्बर बबाल’ फेस्टिभ अफर सार्वजनिक गरेको छ ।
अफरअन्तर्गत, भेस्पा वा एप्रिलिया स्कुटर खरिद गर्ने हरेक ग्राहकले आकर्षक स्क्र्याच कार्ड प्राप्त गर्नेछन् । कार्डमा दिइएको क्यूआर कोड स्क्यान गरी स्क्र्याचमार्फत प्राप्त रकमलाई दोब्बर वा तेब्बरसम्म बढाउन सकिनेछ ।
यस अफरअन्तर्गत, हरेक हप्ताको लक्की ड्रमार्फत ग्राहकहरूले चार रात पाँच दिनको रोमाञ्चक थाइल्यान्ड भ्रमण जित्ने अवसर पाउनेछन् । त्यतिमात्र नभई, अफरको बम्पर पुरस्कारस्वरूप एक भाग्यशाली ग्राहकले १० लाख नगद जित्ने विशेष अवसर पनि प्राप्त गर्नेछन् ।
त्यसैगरी, जुनसुकै कम्पनीको पुरानो मोटरसाइकल वा स्कुटर एक्सचेन्ज गर्दा न्यूनतम ४० हजार मूल्यांकन प्राप्त गर्न सकिनेछ । साथै, स्क्र्याच कार्डमार्फत बजार मूल्यांकनभन्दा थप एक लाख ५० हजारसम्म पाउन सकिने कम्पनीले जनाएको छ ।
फाइनान्स सुविधा पनि उत्तिकै आकर्षक छन् । ४.९९ प्रतिशतमात्र ब्याजदरमा ईएमआई सुविधा, शून्य सेवा शुल्कसहित उपलब्ध छ । अफर नेपालभरका सबै आधिकारिक भेस्पा एप्रिलिया शोरुममा उपलब्ध हुने कम्पनीले जनाएको छ ।
योजनाबारे बोल्दै डेल्टा अटोकर्प प्रालिका प्रमुख कार्यकारी अधिकृत विजय महतोले भने, “डेल्टा अटोकर्प सधैँ आफ्ना ग्राहकहरूका लागि आकर्षक र फाइदाजनक योजना ल्याउन प्रतिबद्ध छ । यस वर्ष दसैँ, तिहार र छठ पर्वको उल्लासलाई अझ रोचक बनाउन हामीले ‘डबल या ट्रिपल बबाल’ अफर सार्वजनिक गरेका छौँ । हामी विश्वास गर्छौं, यो अफरले ग्राहकहरूको उत्सवलाई थप विशेष बनाउनेछ र उनीहरूले यस योजनाबाट भरपुर लाभ लिन सक्नेछन् ।”

















दुबईमा दिवसको मृत्यु भएपछि शोकमा डुब्यो बोर्लाङ ठाँटी
पेट्रोलियम पदार्थ तथा ग्यासको आपूर्ति राेकिएकाे छैन – आपूर्ति मन्त्रालय
निर्वाचन सामग्री बोकेको गाडी दुर्घटनामा मतदान अधिकृतको पनि मृत्यु
आम मतदातालाई निर्वाचनमा सहभागी हुन नेपाली कांग्रेसको अनुरोध
दल र उम्मेदवारका प्रचार सामग्री सञ्चारमाध्यमबाट हटाउन अनुरोध
आज फागुन १६ गते शनिबारको राशिफल,कस्ताे रहला तपाइकाे आजकाे दिन ?
मौनअवधिका लागि विशेष निगरानीको व्यवस्था गरिएको छ: निर्वाचन आयुक्त राणा (अन्तर्वार्ता)
इरानमाथिको आक्रमण तुरुन्त रोक्न रूसकाे माग
ला पाजमा सैन्य विमान दुर्घटना अपडेट : १५ जनाको मृत्यु
महिलाहरुको तल्लो पेट किन दुख्छ ? कारण र उपचार
प्रतिक्रिया