३ दिनदेखि बेपत्ता २ युवक भिरबाट खसेको अवस्था मृत फेला

रसुवा । रसुवाको गोसाईकुण्ड गाउँपालिका–६ सोलेस्थित खोलामा मोटरसाईकल दुर्घटना भइ हराएका २ जनाको शव फेला परेको छ ।
भदौ १५ गतेदेखि सम्पर्कविहीन रहेका गोसाइकुण्ड गाउँपालिका–६ ठाडे निवासी २४ वर्षीय सुदिप घले र २३ वर्षीय दावा डेण्डुप तामाङलाई मंगलबार मृत अवस्थामा भेटिएका हुन्। उनीहरू एएए–३८१७ नम्बरको मोटरसाइकलमा धुन्चेतर्फ गएका थिए।
त्यसपछि उनीहरु सम्पर्कमा नआएपछि आफन्तले खोजीका लागि जिल्ला प्रहरी कार्यालय रसुवामा निवेदन दिएका थिए । निवेदन दिएकाे भोलिपल्ट नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको संयुक्त टोली परिचालन गरिएको थियो।
श्रीनाथ गण धुन्चेमा जडान गरिएको सीसीटीभी फुटेजमा उनीहरू भदौ १५ गते राति करिब १० बजे धुन्चेबाट ठाडेतर्फ गइरहेको देखिएको थियो।
घटनास्थलको प्रारम्भिक अध्ययनअनुसार मोटरसाइकल सडकबाट करीब २५० मिटर तल खोलामा खसेको अनुमान गरिएको छ। एक शवलाई रोप रेस्क्यु विधिबाट निकाल्ने कार्य भइरहेको र अर्को शव पनि खोलामै देखिएको स्थानीयले प्रहरीलाई जानकारी गराएका छन्।
सशस्त्र प्रहरीका सहप्रवक्ता डीएसपी शैलेन्द्र थापाका अनुसार उद्धार कार्य जारी छ।
















टि–२० विश्वकपमा बङ्गलादेशलाई स्कटल्याण्डले प्रतिस्थापन गर्दै
मौसम बदलीट: कुनकुन जिल्लामा भयो वर्षा र हिमपात ?
हामी देश बनाउने अभियानमा छौँ: अध्यक्ष ओली
हिमपातले अवरुद्ध बनेको मध्यपहाडी लोकमार्ग सञ्चालन
पाकिस्तानको उत्तरपश्चिममा हिमपहिरो, नौ जनाको मृत्यु
महिला विश्वकप ग्लोबल छनोट : नेपालकाे लगातार दोस्रो हार
महिला टी–२० विश्वकप ग्लोबल छनोट : लगातार तेस्रो जितसँगै बंगलादेश सुपर सिक्समा
गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार घोषणा गर्दै कांग्रेस
रास्वपाका उम्मेदवार जगदीश खरेललाई आयोगले सोध्यो तीन दिने स्पष्टीकरण
अराजकता मच्चाउनेलाई कारबाहीको दायरामा ल्याएरै छोडिन्छ : ओली
प्रतिक्रिया