एमाले विधान महाधिवेशनको तयारी : आज च्यासलमा पत्रकार सम्मेलन हुँदै

काठमाडौं – विधान महाधिवेशनको तयारीको विषयमा जानकारी दिन नेकपा (एमाले)ले आज पत्रकार सम्मेलन गर्दैछ ।
पार्टी केन्द्रीय प्रचार तथा प्रकाशन विभागका अनुसार रआज दिउँसो २ बजे पत्रकार सम्मेल हुन लागेको हो । पार्टी कार्यालय च्यासलमा हुने पत्रकार सम्मेलनमा महासचिव शंकर पोखरेललगायतका नेता उपस्थित हुनेछन्। दाेस्रो विधान महाधिवेशन भदौ २०–२२ सम्म ललितपुरको गोदावरीस्थित सनराइज हलमा गर्दैछ ।
विधान महाधिवेशनको तयारी र समसामयिक विषयमा जानकारी गराउन बुधबार पत्रकार सम्मेलनको आयोजना गरिएको केन्द्रीय प्रचार तथा प्रकाशन विभागले जनाएको छ ।विधान महाधिवेशन तयारीका लागि एमाले सचिवालय बैठक भने बिहीबार बस्दैछ । प्रधानमन्त्री एवम् पार्टी अध्यक्ष केपी शर्मा ओली बुधबार चीनबाट स्वदेश फर्किने भएपछि सचिवालय बैठक बिहीबारका लागि तोकिएको हो ।
एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमका अनुसार बिहीबार दिउँसो ३ बजेका लागि सचिवालय बैठक बोलाइएको हो ।
गौतमका अनुसार बैठकमा एमालेको दोस्रो विधान महाधिवेशन प्रस्तुत गरिने राजनीतिक प्रतिवेदन, विधान संशोधन प्रस्ताव प्रतिवेदन र साङ्गठनिक प्रतिवेदनमाथि छलफल हुनेछ । बैठकमा तीन वटै प्रतिवेदन छलफल गरेर पारित गरेपछि विधान महाधिवेसन प्रस्तुत हुने उनको भनाइ छ ।










भक्तपुर अस्पताल प्रदेशकै उत्कृष्ट घोषणा
पाकिस्तानी सेनाको कारबाहीमा ३० विद्रोही लडाकूको मृत्यु
एनपीएलमा लुम्बिनीको विजयी सुरुवात, बोपाराको अर्धशतकले जोगिएन चितवन
बङ्गलादेशमा कामचलाउ सरकार प्रणाली पुनःस्थापित
आज २०८२ साल मंसिर २ गते मंगलबारको राशिफल
आज २०८२ साल मंसिर ३ गते बुधबारको राशिफल
एनपिएल : आजको दोस्रो खेलमा विराटनगर किङ्सकाे उत्कृष्ट जित
मध्यरातमा भक्तपुरस्थित निवासबाटै पक्राउ परे दुर्गा प्रसाईं
प्रतिक्रिया