सेवाशुश्रूषा पेसा मात्र नभएर मानवीय सेवा पनि होः परराष्ट्रमन्त्री

काठमाडौँ। परराष्ट्रमन्त्री डा आरजु राणा देउवाले सेवाशुश्रूषा घर, समुदाय तथा राष्ट्रको एक पेसा मात्र नभएर मानवीय सेवा पनि हो भनेका हुन् । बिहीबार यहाँ आयोजित एक कार्यक्रममा उहाँले भन्नुभयो “बाल्यकालदेखि वृद्धावस्थासम्मका सेवाशुश्रूषासम्बन्धी समग्र गतिविधिलाई केवल पेसा वा जागिरका रूपमा मात्र हेरिनु हुँदैन, यो मानवीय सेवा पनि हो ।”
सेवाशुश्रूषासम्बन्धी गतिविधिको घर, समुदाय तथा राष्ट्रियस्तरमा मूल्याङ्कन कम भएको र अर्थतन्त्रमा यसको योगदानका बारेमा खोजी नगरिएको बताउँदै मन्त्री राणाले मुलुकमा यस क्षेत्रको योगदान कृषिको हाराहारीमा रहेको, प्रायः महिलाले यसको असमान भार वहन गरिरहेका, यसले अर्थतन्त्र, राजनीति र सार्वजनिक जीवनमा हुने महिला सहभागितालाई अवरुद्ध गरेको उल्लेख गरे।
नेपालले परिवर्तनको आवश्यकतालाई पहिचान गरेको, १६औँ योजनाले पहिलोपटक सेवाशुश्रूषालाई हाम्रो विकास दृष्टिकोणको केन्द्रमा राखेको उहाँले बताउनुभयो । मन्त्री राणाले सेवाशुश्रूषाको क्षेत्रमा गरिने लगानीलाई खर्चका रूपमा नलिई उच्च प्रतिफलयुक्त लगानीका रूपमा हेरिनुपर्ने बताउँदै उहाँले स्वास्थ्य र शिक्षा क्षेत्रमा विद्यमान यसको अभावलाई पूरा गर्न सके देशमा लाखौँले रोजगारी पाउने र कम्तीमा त्यो अवसर ६० प्रतिशत महिलाहरूको पक्षमा रहने अध्ययनहरुले देखाएका जानकारी दिए ।
दशकौँअघिदेखि आफूहरूले मुलुकको सुदूरपश्चिम तथा अन्य क्षेत्रमा सुरक्षित मातृत्व तथा लैङ्गिक समानता कायम गर्ने अथक प्रयास जारी राखेको बताउँदै मन्त्री राणाले परिणामस्वरुप देशमा मातृ तथा शिशु मृत्युदर घटाउँदै दिगो विकासका लक्ष्य हासिल गर्ने दिशामा अग्रसर भएको चर्चा गरे ।










नेपाल क्रिकेटलाई रंगीन बनाउँदै जस्मिन पेन्ट्स
लुम्बिनी लायन्ससँग जोडियो नेपाटप
अग्नि समूहको ३५ वर्ष : व्यवसायसँगै समाजलाई पनि उन्नत बनाउने प्रतिबद्धता
चितवनविरुद्ध पहिला फिल्डिङ गर्दै लुम्बिनी
सिंहदरबारमा सुरक्षा परिषद् बैठक जारी
मृत्युदण्डको सजायपछि शेख हसिनाले के भनिन् ?
जिपी कोइराला फाउन्डेशन अमेरीका च्याप्टरको आयोजनामा रक्तदान कार्यक्रम सम्पन्न
आज २०८२ साल मंसिर २ गते मंगलबारको राशिफल
आज २०८२ साल मंसिर ३ गते बुधबारको राशिफल
आशिफ बने अर्धशतक हिर्काउने पहिलो खेलाडी
प्रतिक्रिया