स्लोभाकियामा दोस्रो विश्वयुद्धको बम फेला
मेरोन्यूज
२०८२ भदौ २४ गते १६:५७

निर्माण कार्यका क्रममा स्लोभाकियाको राजधानीमा दोस्रो विश्वयुद्धको बम फेला परेपछि मङ्गलबार डाउनटाउन क्षेत्र निकासी गरिएको अधिकारीहरूले जनाएका छन् ।
आपत्कालीन व्यवस्थाले डेन्युब नदी पार गर्ने प्रमुख पुलसहित ब्रातिस्लाभाको डाउनटाउनका धेरै ब्लकलाई प्रभावित पारेको थियो । बिहानको भीड समयमा सार्वजनिक यातायात र सम्पूर्ण यातायात पूर्ण रूपमा रोकिएको थियो ।
विज्ञहरूले सोमबार साँझ फेला परेको पाँच सय पाउन्ड (दुई सय २५ किलोग्राम) तौलको बमलाई दिउँसोसम्म निष्क्रिय पार्ने योजना बनाएका छन् ।
यस क्षेत्रमा रहेको एउटा तेल प्रशोधन केन्द्र सन् १९४४ मा युद्धको समयमा मित्र राष्ट्रहरूको बमबारीको निशाना बनेको थियो । त्यतिबेला स्लोभाकिया नाजी कठपुतली राज्यको रूपमा रहेको थियो ।
सम्बन्धित














मध्यरातमा यसरी लुटपाट मच्चाउथ्यो विनय तामाङको समूहले
मधेस प्रदेशमा माघ १८ गते सार्वजनिक बिदा
४२ अंकले घटेकाे सेयर बजारमा काराेबार कति ?
म दुई दिनको चटक देखाउन होइन, मधेस पढ्न र बुझ्न आएको हुँः सभापति थापा
माघ १३ गते मंगलबार, कस्ताे रहला तपाइकाे आजकाे राशिफल ?
स्टन्ट गरेर जनताको दिमाग चाट्ने काम भयाे, घण्टी बजाएर केही हुनेवाला छैन : प्रचण्ड
त्रिशूली किनारमा पुरिएको गणपति डिलक्स बसबाट मानव कङ्काल फेला
प्रतिक्रिया