बुधबार, फागुन २७, २०८२

ट्रमा सेन्टरका निर्देशक डा. पौडेल भन्छन् – अक्सिजन अभाव भयो, पालो कुर्दा कुर्दै विरामीको ज्यान जाने भयो

मेरोन्यूज २०७८ वैशाख ३० गते ९:५९

काठमाडौं । राष्ट्रिय ट्रमा सेन्टरमा पनि अक्सिजन अभाव भएको छ। संक्रमितको उपचारमा समस्या देखिने खतरा बढेपछि सेन्टरले सहयोगको अपिल गरेको छ।

Advertisement
nepal life insurencenepal life insurence

ट्रमा सेन्टरका निमित्त निर्देशक डा. सन्तोष पौडेलले कोभिड अस्पताल संचालन गनुपूर्व अक्सिजन सप्लार्यससँग सम्झौता गरेको तर कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सिसिएमसी)ले कोटा सिस्टम तोकेपछि थप समस्या भएको बताए ।

अस्पतालमा भर्ना भएका १०५ जना कोरोना संक्रमितका लागि अक्सिजन अभाव भएपछि रातभर अक्सिजनको खोजिमा बितेको उनको भनाई छ ।

उनले भने, दैनिक तीन सयदेखि ३५० वटा सम्म सिलिण्डर आवश्यक छ। तर सरकारले अस्पतालमा बिरामीको चाप नहेरी तोकिदिएको सिलिण्डरले पुग्दैन।

उनले सिलिण्डरको पालो कुर्दाकुर्दै बिरामीको ज्यान जाने खतरा भएको भन्दै चिन्ता व्यक्त गरे ।

प्रतिक्रिया