इन्डोनेसियामा भीषण बाढी, १९ जनाको मृत्यु, १० बेपत्ता

भारी वर्षापछि आएको बाढीले इन्डोनेसियाको बाली टापु र पूर्वी नुसा तेङ्गारा प्रान्तमा कम्तीमा १९ जनाको ज्यान लिएको छ भने १० जना अझै बेपत्ता भएका छन् ।
बालीस्थित राष्ट्रिय खोजी तथा उद्धार एजेन्सीकी प्रवक्ता गुस्ती आयु केतुत विजयन्तीका अनुसार आकस्मिक बाढीमा बालीमा मात्र १३ जनाको मृत्यु भएको र छ जना बेपत्ता छन् । साथै विभिन्न क्षेत्रमा १८ वटा भूस्खलन र बाढीको खबर आएको छ ।
देशको मौसम विज्ञान, जलवायु विज्ञान तथा जियोफिजिक्स एजेन्सीले मङ्गलबार र बुधबारबीच बालीका केही भागमा एक सय ५० मिलिमिटरसम्म वर्षा रेकर्ड गरिएको जनाएको छ । यस सप्ताहभरि भारी वर्षा निरन्तर हुने चेतावनी पनि दिइएको छ ।
पूर्वी नुसा तेङ्गारा प्रान्तमा बाढीले घर र खेतीयोग्य जमिनमा ठूलो क्षति पु¥याएको छ, जसका कारण स्थानीय बासिन्दाहरूलाई सुरक्षित उच्च स्थानमा जान बाध्य बनाएको छ । प्रान्तीय विपद् व्यवस्थापन तथा न्यूनीकरण एजेन्सीका आपत्कालीन एकाइ प्रमुख ग्यास्पर लोसा मनिसाका अनुसार त्यहाँ छ जनाको मृत्यु भएको र चार जना बेपत्ता छन् । उद्धार कार्य जारी छ ।
इन्डोनेसियामा सामान्यतया नोभेम्बरदेखि अप्रिलसम्म वर्षा ऋतु रहन्छ । यस अवधिमा बाढी, भूस्खलन र सम्बन्धित रोगहरूको जोखिम उच्च हुन्छ । तर जलवायु परिवर्तनका कारण वर्षा ऋतु लामो हुँदै गएको र हालका वर्षहरूमा तीव्र वर्षा बढेकाले प्रकोप अझ गम्भीर बन्न थालेको विज्ञहरूले जनाएका छन् ।









एनपीएलमा आज दुई खेल : चितवन र काठमाण्डु, विराटनगर र कर्णाली भिड्दै
आजका लागि विदेशी मुद्राको विनिमयदर
आज मंसिर १२ गते शुक्रबार, कस्ताे रहला तपाइकाे राशिफल ?
एसिसी प्रिमियर कपः हङकङविरुद्ध नेपाल शानदार जीत
सरकारले निर्वाचनको वातावरण बनाउनुपर्छः नेता डा रावल
के पाकिस्तानका पूर्व प्रधानमन्त्री इमरान खानको जेलभित्रै हत्या भएकाे हाे ?
प्रधानसेनापतिद्वारा सहायक रथीलाई दर्ज्यानी चिन्ह प्रदान
दाहसंस्कारका लागि ल्याइएकी महिला कफिनभित्र जीवित भेटिएपछि…
टी-२० विश्वकप तालिका सार्वजनिक, नेपालको पहिलो खेल कुन देश संग ?
महाकालीमा डुबेर एक युवक बेपत्ता, खोजीकार्य जारी
प्रतिक्रिया