जासुसी हुनसक्ने भन्दै नासाद्वारा चिनियाँ नागरिकलाई सेवामा प्रतिबन्धको घोषणा

अमेरिकी अन्तरिक्ष निकाय नासाले अमेरिकी भिसा लिएका चिनियाँ नागरिकले आफ्नो सुविधा, अनुसन्धान कार्यक्रम र आन्तरिक सञ्जालमा प्रवेश गर्न नपाउने गरी नयाँ प्रतिबन्ध लगाएको छ । यो कदमले बेइजिङसँगको प्रतिस्पर्धा तीव्र हुँदै जाँदा अमेरिकाको अन्तरिक्ष नेतृत्वको सुरक्षामा वाशिङ्गटनको बढ्दो चिन्तालाई उजागर गरेको छ।
‘द इपोक टाइम्स’का अनुसार नासाको परियोजनाहरूमा ठेकेदार वा शोधकर्ताको रूपमा योगदान गरिरहेका चिनियाँ नागरिकता भएका अमेरिकी भिसा प्राप्त व्यक्तिहरूलाई यस प्रकारको प्रतिबन्धका लागि सेप्टेम्बर ५ मा सूचित गरिएको र उनीहरूको पहुँच समाप्त गरिएको थियो। त्यसँगै धेरैले आफूलाई डिजिटल प्रणालीबाट अचानक अलग गरेको र आफुहरूलाई कामसँग सम्बन्धित व्यक्तिगत र भर्चुअल बैठकहरूबाट पनि अलग गरेका छन् ।
नासाका प्रेस सचिव बेथानी स्टिभेन्सले नीति परिवर्तनको पुष्टि गर्दै नासाले भौतिक र साइबर सुरक्षा दुवै जोखिमलाई सीमित गर्न ‘आन्तरिक कारबाही’ गरेको बताए । उनले प्रतिबन्धहरू संवेदनशील कामहरूको सुरक्षाका लागि आवश्यक थिए। द इपोक टाइम्सका अनुसार यो निर्णय अमेरिकी प्रविधि क्षेत्रमा चिनियाँ नागरिकहरूको उच्च छानबिनपछि आएको छ र हालैका वर्षहरूमा धेरै जासुसी घटनाहरू चिनियाँ कम्युनिस्ट शासनसँग सम्बन्धित छन् ।
एक विशिष्ट सुरक्षा उल्लङ्घनले नासाको उक्त कदमलाई प्रेरित गर्यो भन्ने तोकिएको छैन । थप स्पष्टीकरणको लागि सोध्दा नासाले द इपोक टाइम्सलाई फक्स बिजनेसमा कार्यवाहक प्रशासक सीन डफीले गरेको टिप्पणीलाई उल्लेख गरेको थियो । फक्स बिजनेसका डफीले संयुक्त राज्य अमेरिकाले ‘दोस्रो अन्तरिक्ष दौडको नेतृत्व गर्नुपर्दछ’ र चीनको चन्द्र यात्राको महत्वाकांक्षाहरू शान्तिपूर्ण अन्वेषणको सट्टा सैन्य उद्देश्यमा आधारित भएकाले प्रतिबन्ध आवश्यक भएको बताएका थिए ।
अमेरिकी रक्षा अधिकारीहरूले पनि यस्तै चिन्ता व्यक्त गरेका छन्। स्पेस फोर्सका प्रमुख जनरल बि चान्स साल्ट्जम्यानले बेइजिङको अन्तरिक्ष कार्यक्रम उसको सैन्य रणनीतिसँग जोडिएको बताउनुभएको छ । यसैबीच, चीनले अगस्टमा आफ्नो चन्द्रमामा पठाउने लङ मार्च–१० रकेटको परीक्षणसहितका कार्यहरू तीव्र पारेको छ ।चीनले योे दशकको अन्त्यसम्म चन्द्रमाको सतहमा अन्तरिक्ष यात्रीहरू अवतरण गर्ने लक्ष्य राखेको छ।
















‘टेलिकम प्याकेज’ सकिएपछि पनि सेवा निरन्तरतासम्बन्धी सुविधा ग्राहक आफैँले छनोट गर्नसक्ने
Chair Oli and leader Lekhak freed
Gold and silver prices decrease
मध्यपूर्व युद्धः तनाव, वार्ता र अनिश्चितता
अस्थायी युद्धविरामको अमेरिकी प्रस्ताव इरानद्वारा अस्विकार
प्रति ट्याङ्कर ३० करोडसम्म शुल्क लिएर हर्मुज पार गर्न अनुमती दिँदै इरान
ओली र लेखकमाथि बिहीबारसम्म अनुसन्धान सक्न सर्वोच्चको आदेश, अन्यथा थुनामुक्त गर्नू
प्रतिनिधिसभा नियमावली मस्यौदा समिति गठन, सभापतिमा गणेश पराजुली
संयुक्त राष्ट्रसंघमा भिटोमार्फत इरानको पक्षमा उभिए रूस र चीन
प्रतिक्रिया