कञ्चनपुर कारागारमा फर्किए २३९ कैदी
मेरोन्यूज
२०८२ भदौ ३० गते १२:१६

कञ्चनपुर । जेनजी आन्दोलनका क्रममा कञ्चनपुर कारागारबाट बाहिरिएका २३९ कैदीबन्दी फिर्ता भएका छन् । कारागार कार्यालय कञ्चनपुरका निमित्त प्रशासक रामदत्त जोशीका अनुसार फिर्ता हुनेमा २२७ पुरुष र १२ महिला कैदीबन्दी रहेका छन् ।
कारागारमा रहेका २८ जना भारतीय कैदीबन्दीमध्ये १० जनालाई मात्रै प्रहरीले पक्राउ गर्न सफल भएको छ । अझै १८ जना भारतीय कैदीबन्दी फरार रहेका छन् । कारागारमा ४७९ कैदीबन्दी रहेका थिए । जसमध्ये लागूऔषधका मात्रै १६९ जना रहेका छन् ।
“कारागारबाट बाहिरिएकामध्ये केही कैदीबन्दीहरू सम्पर्कमा रहेका छन्,” निमित्त प्रशासक जोशीले भने, “तीन दिनभित्र कारागारमा फिर्ता आउने अश्वासन दिएका छन्, सम्पर्कमा नआएका कैदीबन्दीको खोजीका लागि प्रहरीले खोजतलासको कार्य गरिरहेका छन् ।”
सम्बन्धित
















‘Operation Safety’ over the night: Five gangsters arrested; 18 held from airport
५० प्रतिशत सहकारीले पनि बुझाउँदैनन् नियमित प्रतिवेदन
फेवाताल छेउछाउका संरचनामा चल्यो डोजर
कलाकार सागर लम्साल (बले) पक्राउ
रातभर प्रहरीको ‘अपरेसन सेफ्टी काठमाडौं’ : १९५ जना पक्राउ
एमाले संसदीय दलको नेतामा बादल निर्वाचित
एमाले संसदीय दलको नेताका लागि निर्वाचन हुने, थापा र नेम्वाङ प्रतिस्पर्धामा
संसद् सचिवालयमा सर्वदलीय बैठक
न्यायिक नेतृत्वमा इतिहासकै दोस्रो महिला सपना प्रधान मल्ल
राष्ट्रिय सुरक्षाको विषयलाई पुनःपरिभाषित गर्नुपर्नेछ : प्रधानसेनापति
प्रतिक्रिया