समयको माग र चुनौतीअनुसार कांग्रेस अगाडि बढ्नुपर्छः नेता सिंह

काठमाडौँ । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले समयको माग र चुनौतीअनुसार कांग्रेसलाई एकताबद्ध बनाएर अगाडि बढाउनुपर्ने बताएका छन्।
नेपाली कांग्रेसका संस्थापक नेता गणेशमान सिंहको २८औँ पुण्यतिथिका अवसरमा आज यहाँ आयोजित श्रद्धाञ्जलीसभामा उनले संविधानको भावना र मर्मअनुसार जनतालाई केन्द्रबिन्दुमा राख्दै गणेशमानले देखाएको बाटो नै कांग्रेसको मार्गदर्शन हुने धारणा राखे । “गणेशमानको विचार र आचरण आज पनि जनभावनासँग मेल खान्छ, त्यसैले कांग्रेस कार्यकर्ताले त्यही पथ पछ्याउनुपर्छ”, उनले भने ।
कांग्रेस नेता इन्द्रमान महर्जनले गणेशमान सिंहको योगदान स्मरण गर्दै भ्रष्टाचारमुक्त, लोकतान्त्रिक मूल्यमा आधारित राष्ट्र निर्माणमा लाग्नुपर्ने धारणा व्यक्त गरे ।
कार्यक्रममा सहभागी कांग्रेस नेता तथा कार्यकर्ताले लोकतान्त्रिक आन्दोलनमा गणेशमान सिंहले पु¥याउनुभएको योगदान र बलिदानलाई सम्मान व्यक्त गर्दै उनको सालिकमा पुष्पगुच्छा अर्पण गरी श्रद्धाञ्जली अर्पण गरेका थिए ।









हर्मितको अर्धशतकमा सुदूरपश्चिमले काठमान्डुलाई दियाे १४८ रनको लक्ष्य
सिमरामा भएको घटना संवेदनशील : रास्वपा
एमसीसी नेपाल कम्प्याक्टका लागि अतिरिक्त ५० मिलियन अमेरिकी डलर सहयोग सुनिश्चित
यी हुन् मन्त्रिपरिषद्का २५ निर्णय
मृत्युदण्डको सजायपछि शेख हसिनाले के भनिन् ?
प्रतिनिधि सभा निर्वाचनका लागि उम्मेदवारी दर्ता माघ ६ गते
जिपी कोइराला फाउन्डेशन अमेरीका च्याप्टरको आयोजनामा रक्तदान कार्यक्रम सम्पन्न
आज २०८२ साल मंसिर २ गते मंगलबारको राशिफल
आज २०८२ साल मंसिर १ गते सोमबारको राशिफल
प्रतिक्रिया