पाकिस्तानको बलुचिस्तानमा बम विस्फोट, ६ जनाको मृत्यु

पाकिस्तानको दक्षिणपश्चिमी बलुचिस्तान प्रान्तमा बिहीबार भएको बम विस्फोटमा कम्तीमा ६ जनाको मृत्यु भएको छ भने एकजना गम्भीर घाइते भएका छन् ।
विस्फोट चमन जिल्लास्थित एक ट्याक्सी स्ट्यान्डमा भएको हो, जुन पाकिस्तान–अफगानिस्तान सीमामा पर्ने क्षेत्र हो । विस्फोटपछि घाइते र मृतकलाई तत्कालै जिल्ला मुख्यालय अस्पताल लगिएको थियो ।
चमनस्थित मेडिकल इमर्जेन्सी रेस्पोन्स सेन्टर (एमइआरसी) का प्रमुख गफूर उर रहमानले शिन्ह्वालाई जानकारी दिँदै भन्नुभयो,“घाइतेको अवस्था अत्यन्तै गम्भीर छ ।”
विस्फोटको कारणबारे अहिलेसम्म यकिन विवरण प्राप्त नभए पनि सुरक्षा बलहरूले घटनास्थललाई घेराबन्दी गरी अनुसन्धान सुरु गरिसकेका छन् । हालसम्म कुनै पनि समूहले हमलाको जिम्मेवारी लिएको छैन ।
यस घटनापछि मुलुकका शीर्ष नेताहरूले दुख प्रकट गरेका छन् । प्रधानमन्त्री शहबाज शरिफले विस्फोटको कडा निन्दा गर्दै घटनामा ज्यान गुमाउनेहरूप्रति गहिरो दुःख व्यक्त गरेका छन् । साथै, उनले दोषीहरूलाई कडा कारबाही गर्न सम्बन्धित निकायलाई निर्देशन दिए।
प्रधानमन्त्री शरिफले भने,“बलुचिस्तानलाई अस्थिर पार्ने प्रयासहरू कहिल्यै सफल हुन दिने छैनौं । दोषीहरूलाई कानुनी कठघरामा उभ्याइनेछ ।”
















एआईद्वारा सञ्चालित उत्पादनः चीनको सेरेस फ्याक्ट्रीबाट नेपालका लागि सिकाइ
राष्ट्र सेवामा समर्पित हुनुस्ः प्रधानमन्त्री शाह
सभामुख अर्याल र अध्यक्ष दाहालबीच भेटवार्ता
सुदूरपश्चिम प्रदेशसभाः संशोधन विधेयकको प्रतिवेदन पेश
अस्थायी युद्धविरामको अमेरिकी प्रस्ताव इरानद्वारा अस्विकार
प्रति ट्याङ्कर ३० करोडसम्म शुल्क लिएर हर्मुज पार गर्न अनुमती दिँदै इरान
ओली र लेखकमाथि बिहीबारसम्म अनुसन्धान सक्न सर्वोच्चको आदेश, अन्यथा थुनामुक्त गर्नू
संयुक्त राष्ट्रसंघमा भिटोमार्फत इरानको पक्षमा उभिए रूस र चीन
प्रतिक्रिया